बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाबाट प्रहरीले ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।>
पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–५ का २२ वर्षीय भूपेन्द्रकुमार थारू र २५ वर्षीय प्रविनकुमार थारू रहेका छन्।>
लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्ज, बाँके र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।>
प्रहरीका अनुसार भूपेन्द्रकुमारको साथबाट १४ ग्राम ४४० मिलिग्राम ब्राउनसुगर र एक थान मोबाइल बरामद भएको छ। त्यस्तै, प्रविनकुमारको साथबाट दुई ग्राम १०० मिलिग्राम ब्राउनसुगर, एक थान किप्याड मोबाइल र एक थान एन्ड्रोइड मोबाइल बरामद गरिएको छ।>
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक वीरेन्द्रबहादुर बोहराले बताउनुभयो।>>