मुख्य समाचार
व्यवसायिक पृष्ठभूमिका रमेश पराजुली कांग्रेस महाधिवेशन प्रतिनिधिको चर्चामा | पाल्पामा विद्युत सेवा अवरुद्ध | सिद्धार्थ राजमार्गमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध | रिब्दीकोटमा पहिरोले दुई घर पूर्ण क्षति, एक महिला बेपत्ता | सप्तकोशीमा पानीको बहाव बढ्यो, ३० ढोका खोलिए | कम्युनिस्ट परिवारमा हुर्किएर कांग्रेसमा निष्ठाको राजनीति: बिदुर बस्यालको दमदार उम्मेदवारी | एसियाली खेलकुदमा नेपालले अफगानिस्तानलाई हरायो | देशभरका नदीमा जलसतह बढ्ने पूर्वानुमान, सतर्क रहन आग्रह | अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु | जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, सबै यात्रु सुरक्षित |

राष्ट्रिय समाचार ९ असोज २०८३, शुक्रबार

सप्तकोशीमा पानीको बहाव बढ्यो, ३० ढोका खोलिए

Rastriyanews

इनरुवा। सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दै गएको छ। बिहीबार रातिदेखि लगातार वर्षा भएपछि कोशी ब्यारेजमा पानीको बहाव बढेको हो।

सवा २ बजेको पछिल्लो मापनअनुसार सप्तकोशीमा पानीको बहाव २ लाख ४० हजार ५५५ क्युसेक पुगेको छ। पानीको बहाव खतरा तहमा पुगेपछि कोशी ब्यारेजका ३० वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार कोशी ब्यारेजमा पानीको बहाव अझै बढ्दो क्रममा रहेको छ। बढ्दो बहावलाई ध्यानमा राख्दै कोशी नदी आसपास तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिनुभयो।

नदी किनार, तल्लो तटीय क्षेत्र तथा जोखिमयुक्त स्थानमा रहेका बासिन्दालाई सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाउन तथा सुरक्षित स्थानतर्फ जान प्रशासनले आग्रह गरेको छ।

पानीको बहाव निरन्तर बढिरहेकाले सम्बन्धित निकायले नदीको अवस्था नियमित निगरानी गरिरहेका छन्। कोशी ब्यारेजमा कुल ५६ वटा ढोका रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार