मुख्य समाचार
दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु | धार्मिक – सांस्कृतिक महत्त्वको जलेश्वर मन्दिर | रानीमहल डुबानमा परेपछि संसदमा डा. माधव थापाको 'हार-गुहार': आश्वासन होइन, तटबन्ध चाहियो! | नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल नियुक्त | भन्सार छलीका सामान नियन्त्रणमा | जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि | पत्रकार किशोर श्रेष्ठ पुनः पक्राउ पर्नसक्ने भन्दै निषेधाज्ञाको निवेदन लिएर उच्च अदालतमा | सामाजिक सद्भाव अभिवृद्धिमा प्रशंसनीय दृष्टिकोणको प्रयोग : चेपाङ समुदायबाट सिकाइ | तानसेनमा पूर्व प्रहरी सङ्गठन पाल्पाको ३६ औ स्थापना विशेष कार्यक्रम, संस्थापक सदस्य के.सी. सम्मानित | स्वदेशमै व्यवसाय गर्ने आँट र हिम्मतलाई उमेरले छेक्दैन अधिकारी |

समाचार लुम्बिनी प्रदेश ४ भाद्र २०८३, बिहीबार

दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु

Rastriyanews

दाङ। दाङमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ। सर्रा–सौडियार सडकअन्तर्गत सर्राबाट बसन्तापुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ह १९२९ नम्बरको अटो र सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको ट्याक्टर घोराही उपमहानगरपालिका–७ बेसाहीमा बुधबार बेलुकी करिब ८ बजे एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा अटो चालक घोराही–५ बसन्तापुर निवासी ४५ वर्षीय विनोद पौडेल गम्भीर घाइते हुनुभएको थियो। उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो।

दुर्घटनामा अटोमा सवार घोराही–५ बसन्तापुर निवासी ४० वर्षीय खिमराज केसी र सोही ठाउँका ४० वर्षीय तिलक केसी घाइते हुनुभएको छ। उहाँहरुको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले ट्याक्टर चालक घोराही–१७ भैसाही निवासी २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार