मुख्य समाचार
बडादसैँको सातौँ दिन आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको विशेष पूजा | रामचन्द्र खनालको ऐतिहासिक उपन्यास ‘रानीमहल’ विमोचन | राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल | डा. राम बहादुर राउतको ‘जीवनशैली’ पुस्तक विमोचन: समाजलाई सकारात्मकतातर्फ फर्काउन मुख्यमन्त्री आचार्यको आह्वान | सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, सात स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा | माथागढीको स्वास्थ्य सेवामा १२ वर्ष बिताएका ध्रुवबहादुर सुनारलाई सम्मानसहित बिदाइ | रेमिट्यान्स र निर्यात बढ्दा शोधनान्तर बचतमा सुधार | गुल्मीमा देवरको कुटपिटबाट भाउजूको मृत्यु, आरोपित पक्राउ | पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु | रामपुर नगरपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक पान दर्ता सेवा सुरु |

रसुवाका बाढीप्रभावितलाई पाल्पाका चार स्थानीय तहद्वारा आर्थिक सहयोग घोषणा; भदौ १५ गते बगनासकालीमा रक्तदान कार्यक्रम हुँदै

Rastriyanews

​पाल्पा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार र पुनःस्थापनाका लागि पाल्पाका स्थानीय तहहरूले आर्थिक तथा मानवीय सहयोगको घोषणा गरेका छन्। जिल्लाका तिन गाउँपालिका र एक नगरपालिकाले बाढीपीडितका लागि आर्थिक सहयोगका साथै रक्तदान कार्यक्रमको समेत आयोजना गर्ने निर्णय गरेका हुन्।

​​बगनासकाली गाउँपालिकाले बाढीप्रभावितको सहयोगार्थ रु. २ लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ। गाउँपालिकाका जनप्रतिनिधिको एक महिनाको सेवा सुविधाको १० प्रतिशत र कर्मचारीहरूको पाँच दिनको पारिश्रमिक कट्टा गरी सो रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरिने प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले जानकारी दिनुभयो।

​साथै, बाढीका कारण घाइते भएका नागरिकहरूलाई रगतको अभाव नहोस् भन्ने मानवीय उद्देश्यका साथ गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटी पाल्पाको प्राविधिक सहकार्यमा भदौ १५ गते वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। 'रक्तदान, जीवनदान' भन्ने मूल मर्मका साथ सञ्चालन हुन लागेको उक्त अभियानमा सक्रिय सहभागी भई जीवन रक्षाको यस महान् कार्यमा योगदान पुर्‍याउन गाउँपालिकाले जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, सञ्चारकर्मी, नागरिक समाज तथा आम सर्वसाधारणमा हार्दिक अपिल गरेको छ।

​त्यस्तै, रैनादेवी छहरा गाउँपालिकाले पनि विपद् प्रभावित परिवारको राहतका लागि  २ लाख ५० हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारले जानकारी दिनुभयो।गाउँपालिकाले बाढीका कारण बेपत्ता भएका नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटीलगायतका सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गर्न अपिलसमेत गरेको छ।

​उता रामपुर नगरपालिकाले भने आफ्नो साविकको तीज विशेष कार्यक्रम स्थगित गरी सो बापतको बजेट बाढीपीडितलाई दिने उदाहरणीय निर्णय गरेको छ। नगरपालिकाका महिला जनप्रतिनिधि र कर्मचारीहरूको संयुक्त बैठकले तीज गीत प्रतियोगिताका लागि विनियोजन गरिएको २ लाख ५० हजार रकम बाढीपीडितको राहतका लागि सहयोग गर्ने निर्णय गरेको कार्यवाहक नगर प्रमुख बालकुमारी थापाले जानकारी दिनुभयो।

विपद्‌बाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले  रिब्दिकोट गाउँपालिकाले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा कुल  ३१ लाख ५० हजार सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। जस अन्तर्गत गाउँपालिकाको कोषबाट  १ लाख ५० हजार, जनप्रतिनिधि, कार्यालय तथा मातहतका स्वास्थ्य संस्था एवम् विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरूको १ महिनाको सेवा सुविधा वा तलबबाट अनुमानित  ३० लाख रकम कट्टा गरी योगदान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

बडादसैँको सातौँ दिन आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको विशेष पूजा

१ कार्तिक २०८३, शनिबार

रामचन्द्र खनालको ऐतिहासिक उपन्यास ‘रानीमहल’ विमोचन

१ कार्तिक २०८३, शनिबार

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल

१ कार्तिक २०८३, शनिबार

डा. राम बहादुर राउतको ‘जीवनशैली’ पुस्तक विमोचन: समाजलाई सकारात्मकतातर्फ फर्काउन मुख्यमन्त्री आचार्यको आह्वान

३० असोज २०८३, शुक्रबार

सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, सात स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

३० असोज २०८३, शुक्रबार

माथागढीको स्वास्थ्य सेवामा १२ वर्ष बिताएका ध्रुवबहादुर सुनारलाई सम्मानसहित बिदाइ

२९ असोज २०८३, बिहीबार

सम्बन्धित समाचार