मुख्य समाचार
ब्राउन सुगरसहित दुई पक्राउ, नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर | जेन्जी अभियन्ता उमेश भण्डारीले भुइँतहबाटै सुरु गरे राजनीतिक यात्रा | देउखुरीमा सर्पले डस्दा ७५ वर्षीय वृद्धको मृत्यु | सुन एकैदिन ८ हजार ३०० रुपैयाँ सस्तियो | मौसम क्रमिक रूपमा सुधार हुँदै जाने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना | सुस्तामा पानीले बगाएर ल्याएको अवस्थामा बालकको शव फेला | बोली, बोल्ने कला र महत्त्व | नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ बनाउने सरकारको तयारी, कार्यदल गठन गरिने | द्वन्द्वात्मक युगको यात्रामा बर्तमानमा विश्व र नेपाल: विकास कि विनाश? | तानसेनका ३ हजार ३२४ उपभोक्ताले पाउने भए विद्युत् महसुलमा छुट |

ब्राउन सुगरसहित दुई पक्राउ, नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर

Rastriyanews

कपिलवस्तु, कात्तिक १६ । कपिलवस्तुको वाणगंगा नगरपालिका–३, राजापानीमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ ।

लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा राधाकृष्ण नास्ता पसलमा पुगेको प्रहरी टोलीलाई देखेपछि भाग्न खोजेका दुई जनालाई हवाई फायर गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–११ का २६ वर्षीय सलाउदिन मुसलमान र वाणगंगा नगरपालिका–६ का २९ वर्षीय उमेश थारु रहेका छन् ।

सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्कीको कमान्डमा खटिएको सात सदस्यीय प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्युरो भैरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको नेतृत्वमा आएको टोलीले शनिबार दिउँसो करिब २ बजे नास्ता पसलमा छापा मारेको थियो ।

प्रहरीका अनुसार खानतलासी तथा नियन्त्रणमा लिने क्रममा दुवै जना भाग्न खोजेपछि प्रहरी नायब निरीक्षक भट्टराईले आफूसँग रहेको ब्यारेटा पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरेका थिए ।

त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा कालो प्लास्टिकमा लुकाइएको २४ ग्राम १८० मिलिग्राम र उनीहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेटको यूपी ५५ एभी २६५९ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाइएको थप ४ ग्राम ६४० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद लागुऔषधको कुल शुद्ध तौल २८ ग्राम ८२० मिलिग्राम रहेको जनाएको छ ।

प्रतिक्रिया