मुख्य समाचार
केलादीघाट मोटरेबल पुलमा बाढीको क्षति, आवागमन बन्द | बागलुङमा पहिरोको कहर : १० जनाको मृत्यु, एक जना बेपत्ता | सोह्र श्राद्ध : पितृऋण, कर्तव्य र संस्कारको शास्त्रीय पर्व | हाम्रो शहरको कथा, हाम्रो पुस्ताको जिम्मेवारी | पूर्वखोलाको आठबिसे बस्ती जोखिममा, समयमै सतर्कता अपनाउँदा मानवीय क्षति टर्‍यो | पहिरोमा पुरिएर एउटै परिवारका तीन जनाको मृत्यु | पितृ पक्ष प्रारम्भ : सनातन संस्कारमा१६ श्राद्धको विशेष महत्त्व | स्याङ्जा–गुल्मी जोड्ने कालीगण्डकीको पुल बाढीले बगायो | माथागढीमा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता | तिनाउ नदीको बाढीले बुटवलमा दुई घर बगायो, तीनमा क्षति |

समाचार राष्ट्रिय समाचार प्रदेश १२ असोज २०८३, सोमबार

बागलुङमा पहिरोको कहर : १० जनाको मृत्यु, एक जना बेपत्ता

Rastriyanews

बागलुङ, असोज १२ गते । बागलुङका तमानखोला, निसीखोला र ताराखोला गाउँपालिकालगायतका क्षेत्रमा असोज १० र ११ गते परेको अविरल वर्षासँगै आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।

पहिरोमा परी तमानखोला गाउँपालिका–४, सन्तरकी ६५ वर्षीया उदिसरा विक र ५० वर्षीय हस्तवीर विकको मृत्यु भएको छ । सोही घटनामा ५२ वर्षीया पुनसरा विक बेपत्ता रहेकी छन् ।

त्यस्तै, तमानखोला गाउँपालिका–३, धनारकुकका ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको पनि पहिरोमा परी मृत्यु भएको छ ।

निसीखोला गाउँपालिका–६, सेलवाङका ५० वर्षीय सूर्यबहादुर घर्तीको पनि पहिरोमा परी मृत्यु भएको छ ।

निसीखोला गाउँपालिका–३, कन्केखरियामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, १३ वर्षीय मनोज विक, ८ वर्षीय मुकेश विक र ३ वर्षीय निशान विक रहेका छन् ।

यसैगरी, ताराखोला गाउँपालिका–५, धरर्मरका ५९ वर्षीय मनबहादुर रोक्काको पनि पहिरोमा परी मृत्यु भएको छ ।

अविरल वर्षासँगै आएको पहिरोका कारण बागलुङमा मानवीय क्षतिसँगै विभिन्न स्थानमा घर तथा भौतिक संरचनामा समेत क्षति पुगेको छ ।

प्रभावित क्षेत्रमा सम्बन्धित सुरक्षा निकाय, स्थानीय तह तथा अन्य निकायको समन्वयमा उद्धार तथा खोजी कार्य जारी रहेको छ । घटनाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार