पाल्पा । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (Trial) को Booking Date परिवर्तन गरिएको जनाएको छ।>
कार्यालयका अनुसार लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी तथा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानका आधारमा यसअघि तोकिएको Trial मिति परिवर्तन गरिएको हो।>
यसअघि वर्ग B का लागि २०८३ असोज ८ गते बिहीबार र वर्ग A/K का लागि २०८३ असोज ९ गते शुक्रबार तोकिएको प्रयोगात्मक परीक्षा अब क्रमशः असोज १५ गते वर्ग B र असोज १६ गते वर्ग A/K का लागि नयाँ Booking Date अनुसार सञ्चालन हुने कार्यालय प्रमुख श्रीराम पाण्डेयले जनाएका छन् ।>
यसअघि नै Booking गरिसकेका परीक्षार्थीहरूको Trial मिति कार्यालयबाटै स्थानान्तरण गरिने भएकाले परीक्षार्थीहरूले आफ्नो ID Login गरी नयाँ मिति सहितको Trial Entrance Card पुनः Download गर्न कार्यालयले अनुरोध गरेको छ।>
>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन