समाचार राष्ट्रिय समाचार प्रदेश नः १ ११ भाद्र २०८३, बिहीबार

राष्ट्रपति पौडेलले भोटेकोशी बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिने

Rastriyanews

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् । राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले बाढीपीडितको उद्धार तथा राहतका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्ने घोषणा गरेको जनाएको छ ।

बुधबार चीनतर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बाढीमा परी सयौँ जनाको मृत्यु भएको छ भने हजारौँ प्रभावित भएका छन् ।

राष्ट्रपति पौडेलले विपद्को यस घडीमा प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार