मुख्य समाचार
लुम्बिनी प्रदेशका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने | तिहारयता सुनचाँदी दुवैको भाउ ओरालो | आगो लगाएर गम्भीर घाइते बनाइएका चौधरीले ज्यान गुमाए | दाङमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ, पाँच लाखभन्दा बढी नगद बरामद | एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते, तीन हजारभन्दा बढी सहभागी हुने | छठ पर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपति पौडेलको विश्वास | मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना | सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु,१५ जना घाइते | मार्क्सवादी दर्शन: एक संक्षिप्त अध्ययन | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै |

समाचार राष्ट्रिय समाचार सुन-चाँदी २९ कार्तिक २०८३, आइतबार

तिहारयता सुनचाँदी दुवैको भाउ ओरालो

Rastriyanews

काठमाडौं, कात्तिक २९ गते । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ। तिहारयता सुनको मूल्यमा निरन्तर गिरावट आउँदा प्रतितोला १४ हजार १ सय रुपैयाँ सस्तिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

तिहारअघि अर्थात् गत सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ रहेको थियो। सोमबारपछि शुक्रबार मात्रै नेपाली बजारमा सुनको मूल्य समायोजन गरिएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार चाँदीको मूल्य तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ३ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अघिल्लो दिन शुक्रबार चाँदी प्रतितोला ३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। तिहारयता चाँदीको मूल्य पनि तोलामा २ सय ५५ रुपैयाँले घटेको छ। गत सोमबार चाँदी प्रतितोला ३ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार