काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँले बढेको छ।>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।>
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा शुक्रबार चाँदी प्रतितोला १२० रुपैयाँले बढेर ३ हजार १९५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो।>
>>