मुख्य समाचार
तानसेनमा पूर्व प्रहरी सङ्गठन पाल्पाको ३६ औ स्थापना विशेष कार्यक्रम, संस्थापक सदस्य के.सी. सम्मानित | स्वदेशमै व्यवसाय गर्ने आँट र हिम्मतलाई उमेरले छेक्दैन अधिकारी | किशोर श्रेष्ठलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा | आज काठमाडौं उपत्यकामा ७ स्थानबाट एलपी ग्यास बिक्री हुँदै | नारायणगढ–काठमाडौँ सडकखण्ड पूर्णरूपमा अवरुद्ध | पाल्पामा भन्सार छलीका ४ लाख ७५ हजार रुपैयाँ बराबरका सामानसहित २ जना पक्राउ | सद्भावयुक्त समाज निर्माणका लागि सकारात्मक सोच अभियान सञ्चालन गरौँ | रामपुर नगरपालिकाको वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति |

समाचार स्थानीय समाचार २ भाद्र २०८३, मङ्गलबार

तानसेनमा पूर्व प्रहरी सङ्गठन पाल्पाको ३६ औ स्थापना विशेष कार्यक्रम, संस्थापक सदस्य के.सी. सम्मानित

Rastriyanews

पाल्पा । पूर्व प्रहरी सङ्गठन पाल्पाको आयोजनामा तानसेन–६, लहरेपीपलस्थित सङ्गठनको कार्यालयमा विशेष कार्यक्रम  गरि ३६ औ स्थापना दिवस मनाएको छ। 

जय प्रकाश उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  प्रहरी उपरीक्षक दिपेन्द्र पंन्जीयार थारु प्रमुख अतिथि र केन्द्रीय सदस्य मुक्ति राम शर्मा विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो।

​कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी उपरीक्षक दिपेन्द्र पंन्जीयार थारुले पूर्व प्रहरीहरूको अनुभव र दक्षता समाज रुपान्तरणका लागि अमूल्य रहेको बताउनुभयो। राष्ट्र सेवाबाट  सेवा निवृत   भए पनि समाजको शान्ति–सुरक्षा र सङ्गठनको सुदृढीकरणमा पूर्व प्रहरीको भूमिका सधैँ महत्त्वपूर्ण रहने बताउदै सङ्गठनलाई आगामी दिनमा अझ सशक्त र एकीकृत बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

​त्यस्तै विशिष्ट अतिथि केन्द्रीय सदस्य मुक्ति राम शर्माले पूर्व प्रहरीहरूको हकहित संरक्षण गर्दै संस्थालाई जुझारु बनाउनुपर्नेमा बताउनुभयो। अतिथिहरू पूर्व अध्यक्ष रमेश बहादुर बोहरा, बगनाशकाली वडा नं। १ का वडा अध्यक्ष शेर बहादुर चिदि तथा लुम्बिनी प्रदेश सदस्यद्वय नवल सिंह बस्याल र राजु खातीले सङ्गठनको  प्रगतिको शुभकामना व्यक्त गर्दै सामाजिक कार्यमा सक्रिय रहन आग्रह गर्नुभयो।

​सोहि अवसरमा सङ्गठनका संस्थापक सदस्य तथा पूर्व प्रहरी जवान  इन्दिरा देवी के।सी। लाई सङ्गठन निर्माणमा पुर्‍याउनुभएको अतुलनीय योगदानको कदर गर्दै सम्मान गरेको छ।

​सङ्गठनका उपाध्यक्ष दीपक बहादुर कार्कीको स्वागतबाट  सुरु भएको कार्यक्रममा कार्यसमिति पदाधिकारी, आजीवन सदस्य, पूर्व प्रहरी बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारी, अमर प्रहरी परिवार तथा पूर्व प्रहरी परिवारको  उपस्थिति  रहेको थियो। कार्यक्रमको सञ्चालन सङ्गठनका सचिव रिण बहादुर बैदवारले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार