समाचार राष्ट्रिय समाचार प्रदेश २३ भाद्र २०८३, मङ्गलबार

‘जेनजी’ सहिद दिवस आज, देशभर सार्वजनिक बिदा

Rastriyanews

काठमाडौँ, भदौ २३ गते । ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज (मङ्गलबार) ‘जेनजी’ सहिद दिवस मनाइँदै छ।

गत भदौ २३ गते भएको ‘जेनजी’ आन्दोलनले मुलुकको राजनीतिक परिस्थितिमा ठूलो उथलपुथल ल्याएको थियो। आन्दोलनपछि तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति सम्मान प्रकट गर्न सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते ‘जेनजी’ सहिद दिवसका रूपमा मनाउँदै देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

प्रतिक्रिया