कात्तिक, १२ पाल्पा । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी बैठक तथा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम २०८३ कात्तिक १२ गते बिहान ८ बजे जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको छ।>
प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य माधव थापा र सन्दीप राना, लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिर, प्रदेशसभा सदस्य राजु प्रसाद श्रेष्ठ, वीरबहादुर राना र खेमबहादुर सारुलगायतको उपस्थिति रहेको थियो।>
त्यसैगरी जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, नगर तथा गाउँपालिकाका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि र विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको पनि सहभागिता रहेको थियो।>
कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल तथा सरोकारवालाबीच अन्तरक्रिया गरिएको थियो।>>