मुख्य समाचार
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर र काठमाडौं तथा कर्णाली र विराटनगर भिड्दै | गुल्मीमा ५५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध, रेसुङ्गामा सबैभन्दा धेरै | नेपाली कांग्रेस रामपुर नगरको नयाँ कार्यसमिति पदस्थापन, जनमुखी संगठन बनाउने प्रतिबद्धता | पोखरामा स्कुटर दुर्घटनामा २८ वर्षीय आशिषको मृत्यु | लुम्बिनीका सभामुखसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर | कपिलवस्तुमा सडक दुर्घटना : ६३ वर्षीया महिलाको मृत्यु | सुन तोलामा ९ सय र चाँदी १० रुपैयाँ बढ्यो | पैसा | पूर्वखोला–३ रिङ्नेरहस्थित ग्लोबल आइएमई बैंकमा बस्ने ठाउँको अभाव, सेवाग्राहीलाई सास्ती | आकाश ओढेको डोल्पो’ नियात्राप्रति मनन् चिन्तन् एक विवेचना |

समाचार स्वास्थ्य लुम्बिनी प्रदेश १२ कार्तिक २०८३, बिहीबार

गुल्मीमा ५५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध, रेसुङ्गामा सबैभन्दा धेरै

Rastriyanews

गुल्मी। गुल्मीमा ५५ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन्। स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गर्ने उद्देश्यले सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमप्रति जिल्लावासीको आकर्षण बढ्दै गएको हो।

स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका संयोजक सुवास घिमिरेका अनुसार जिल्लामा हालसम्म एक लाख ३७ हजार ८४५ जनाले स्वास्थ्य बिमा गराएका छन्। तीमध्ये ६६ हजार ९९० पुरुष र ७० हजार ८५५ महिला छन्।

गुणस्तरीय स्वास्थ्यसेवा सर्वसाधारणको पहुँचमा पुर्‍याउने लक्ष्यसहित गुल्मीमा २०७६ माघ १९ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो। २०७८ सालको जनगणनाअनुसार जिल्लाको कुल जनसङ्ख्या दुई लाख ४६ हजार ४९४ रहेको छ। स्वास्थ्य बिमाको महत्त्व र प्रभावकारिताबारे नागरिकमा चेतना बढ्दै जाँदा बिमा गराउनेको सङ्ख्या पनि वृद्धि भइरहेको संयोजक घिमिरेले बताउनुभयो।

स्वास्थ्य बिमा बोर्डको तथ्याङ्कअनुसार जिल्लाका १२ स्थानीय तहमध्ये रेसुङ्गा नगरपालिकामा सबैभन्दा बढी २६ हजार ४९६ जना स्वास्थ्य बिमामा आबद्ध भएका छन्। अन्य स्थानीय तहको विवरणअनुसार सत्यवती गाउँपालिकामा १६ हजार ६५३, रुरुक्षेत्र गाउँपालिकामा १४ हजार ७३२, छत्रकोट गाउँपालिकामा १३ हजार ९६, गुल्मीदरबार गाउँपालिकामा ११ हजार ३२८ र धुर्कोट गाउँपालिकामा ११ हजार ५६६ जनाले स्वास्थ्य बिमा गराएका छन्।

त्यस्तै, मालिकामा आठ हजार ८४२, मुसीकोटमा आठ हजार ६१७, इस्मामा आठ हजार ५४५, कालीगण्डकीमा छ हजार ९५०, चन्द्रकोटमा छ हजार ७४४ र मदाने गाउँपालिकामा चार हजार २७६ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन्।

महिला स्वास्थ्य स्वयंसेविकामार्फत ९०३ परिवारका चार हजार ७६४ जनाले स्वास्थ्य बिमा गराएका छन्। सरकारले ज्येष्ठ नागरिक, एचआईभी सङ्क्रमित, कुष्ठरोगी, जटिल प्रकारको क्षयरोग भएका व्यक्ति तथा ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरेको छ।

कार्यालयको विवरणअनुसार ७० वर्षमाथिका १८ हजार ९३९ ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्य बिमाको सुविधा लिएका छन्। त्यस्तै, एचआईभी सङ्क्रमितका १६९ परिवारका ४८७ जना, तीन परिवारका १२ कुष्ठरोगी, ‘क’ वर्गका अपाङ्गता भएका ८१४ परिवारका चार हजार १०४ जना तथा जटिल प्रकारको क्षयरोग भएका छ परिवारका २५ जनाले निःशुल्क स्वास्थ्य बिमा सुविधा प्राप्त गरेका छन्।

स्वास्थ्य बिमा कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका तथा स्वास्थ्य उपचारमा खर्च धान्न कठिन हुने नागरिकलाई उपचार सेवामा पहुँच पुर्‍याउन सहयोग गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार