मुख्य समाचार
लुम्बिनी प्रदेशका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने | तिहारयता सुनचाँदी दुवैको भाउ ओरालो | आगो लगाएर गम्भीर घाइते बनाइएका चौधरीले ज्यान गुमाए | दाङमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ, पाँच लाखभन्दा बढी नगद बरामद | एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते, तीन हजारभन्दा बढी सहभागी हुने | छठ पर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपति पौडेलको विश्वास | मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना | सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु,१५ जना घाइते | मार्क्सवादी दर्शन: एक संक्षिप्त अध्ययन | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै |

राष्ट्रिय समाचार २९ कार्तिक २०८३, आइतबार

छठ पर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपति पौडेलको विश्वास

Rastriyanews

काठमाडौँ, कात्तिक २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गर्दै सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

छठ पर्व २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव सुदृढ बनाउन यस पर्वले प्रेरणा प्रदान गर्ने बताउनुभएको छ।

दीर्घायु, स्वच्छता, सात्विक भोजन, संयमता, सद्भाव र समृद्धिको कामना गर्दै मनाइने छठ पर्वले सूर्यदेवको आराधनामार्फत सामाजिक तथा प्राकृतिक सन्तुलनको सन्देश प्रवाह गर्दै आएको उहाँले उल्लेख गर्नुभएको छ। राष्ट्रपति पौडेलले छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल प्राप्त हुने, परिवारको कल्याण हुने तथा दुःखकष्ट हटेर शुभ हुने जनविश्वास रहेको बताउनुभएको छ।

उहाँले सूर्यबिना पृथ्वीमा जीवन सम्भव नहुने तथ्यलाई आत्मसात् गर्दै कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म जलाशयमा बसेर अस्ताउँदो र उदाउँदो सूर्यलाई दूध तथा जलको अर्घ्य दिई पूजा आराधना गर्ने परम्पराले प्रकृतिप्रतिको सम्मान, पर्यावरणीय चेतना तथा पारिवारिक र सामाजिक एक्यबद्धता अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभएको छ।

राष्ट्रपति पौडेलले सूर्य, जल र पृथ्वीप्रति श्रद्धा व्यक्त गर्दै छठी माताको पूजा, अर्चना तथा व्रत गरी नदी, खोला, पोखरी तथा तालतलैयाका किनारमा रातभर जाग्राम बसेर हर्षोल्लासका साथ यो पर्व मनाउने परम्परा रहेको उल्लेख गर्नुभएको छ।

खासगरी तराई तथा मधेस क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामा समेत श्रद्धा र भक्तिपूर्वक मनाउने चलन बढ्दै जानु खुसीको विषय भएको उहाँले बताउनुभएको छ।

अन्त्यमा राष्ट्रपति पौडेलले नेपाली समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिको अन्त्य गर्दै दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा रहिरहने कामना गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार