गुल्मी, भदौ २५ गते । गुल्मीमा खुकुरी चुरोटजस्तै देखिने नक्कली चुरोट बिक्री–वितरण भइरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका–४, बलेटक्सार बजार क्षेत्रमा नक्कली चुरोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको हो।>
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको कमाण्डमा खटिएको चार सदस्यीय प्रहरी टोलीले नक्कली चुरोटसहित भ्यान चालकलाई पक्राउ गरेको हो।>
प्रहरीका अनुसार प्युठानको झिमरुक गाउँपालिका–३ निवासी ४० वर्षीय गोपाल परियारले चलाएको लु.प्र. ०१००१ च ४६३० नम्बरको भ्यानबाट खुकुरी चुरोटजस्तै देखिने १४० बट्टा नक्कली चुरोट बरामद गरिएको छ।>
बरामद नक्कली चुरोट, भ्यान र चालक परियारलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन