मुख्य समाचार
रिब्दीकोटका महिला स्वास्थ्य स्वयंसेविकाद्वारा विपद् कोषमा ६२ हजार बढी सहयोग | माइतीघरमा महिलाद्वारा आत्मदाह प्रयास | ‘जेनजी’ सहिद दिवस आज, देशभर सार्वजनिक बिदा | खोज तथा उद्धारको काम तदारुकतासाथ जारी छ : प्रधानमन्त्री शाह | विपत्तिमा परेका नागरिकको आवाज सुन्नु राज्यको कर्तव्य : राष्ट्रपति पौडेल | लोप हुँदै गएको बाँसको सीपलाई उद्यमसँग जोडिँदै | भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक | युएई लगातार तेस्रो जितसँगै सेमिफाइनलनजिक | राधिका हमाल र रामप्रसाद पाठकको आवाजमा ‘अब त लाहुरे आउँछ’ सार्वजनिक | भोटेकोशी बाढीपछि तादी खोलामा सेनाले एक्रो ब्रिज जडान गर्दै |

रिब्दीकोटका महिला स्वास्थ्य स्वयंसेविकाद्वारा विपद् कोषमा ६२ हजार बढी सहयोग

Rastriyanews

पाल्पा । रिब्दीकोट गाउँपालिकाले सञ्चालन गरेको विपद् सहयोग अभियानमा गाउँपालिकाभित्र कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले रु. ६२ हजार ७०५ आर्थिक सहयोग गरेका छन्।स्वयंसेविकाहरूले संकलन गरेको उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी गाउँपालिकालाई हस्तान्तरण गरेका हुन्।

रकम गाउँपालिकाका कार्यवाहक अध्यक्ष एवं उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल र स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीको रोहवरमा हस्तान्तरण गरिएको हो।

यसैगरी, रिब्दीकोट गाउँपालिका–६ चेप्टेढुङ्गास्थित वन उपभोक्ता समूह र जागृति महिला समूह पोरकनीले पनि विपद् सहयोग अभियानमा रु. १० हजार १५५ आर्थिक सहयोग गरेका छन्। उक्त रकम स्वयंसेविका बदि थापाको रोहवरमा हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अनुसार विभिन्न व्यक्ति तथा समूहबाट प्राप्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार