विराट पहारी
अर्घाखाँची ७ फागुन
सन्धिर्खक नगरपालिकाद्वारा आयोजना गरिएको सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका खानेपानी ग्रामीण तथा शहरी बिकास मन्त्री चेतनारायण आचार्यले गर्नु भएको छ ।
प्रतियागीताको उद्घाटन गर्दे मन्त्री आचार्यले अर्घाखाँचीको खेलक्षेत्रको बिकासका लागि र खेलाडी उत्पादन गर्न जिल्ला ,प्रदेश स्तरका खेलकुदका गतिबिधि बढाउन आफुले पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
मन्त्रि आचार्यले खेल क्षेत्रको बिकासकालागि आफुले खेल मैदानमा खानेपानी , शौचालय ,भौतिक पुर्वाधारमा जोड दिने बताउदै आचार्यले सबै पालिकामा खेलमैदानको काम प्रदेश सरकारको लागानीमा करिब निर्माणको अन्तिम चरणमा पुगेकाले ती खेलमैदानलाई चलायमान बनाउन स्थानिय सरकालाई निर्देशन समेत दिइसकेको वताउनु भयो ।
कार्यक्रममा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी मिना अर्याल , सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसाल , शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख मणिराम प्रराजुली ,सामाजिक बिकास समितिका संयोज नारायण खड्का , शिक्षकहरुको तर्फबाट जन ज्योती माबिका प्रअ माधब आचार्य ,नेपाल पत्रकार महासघंका जिल्ला कोषाध्य्क्ष रुद्रमणि भुसाल, जिल्ला खेलकुद समितिका प्रमुख जनक गैरे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
उद्घाटनसत्र सन्धिखर्क नगरपाकिाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता र उपप्रमुख मिश्रा आचार्यको स्वागत मन्तव्य र शिक्षा शाखा अधिकृत मञ्जु आचार्यको संचालनमा सम्पन्न भएको थियो ।













