बासुदेव ढकाल - रामपुर पाल्पा २०७९ फागुन ९
तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला २०७९को समापन समारोह सोमवार रामपुरमा सम्पन्न भएको छ ।
समापन समारोहलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य एवं उद्योग पति बिनोद चौधरीले रामपुरको सुन्दरताको वर्णन गर्दै चौधरीले रामपुरलार्इ बिकास सँग जोड्न सकिने बताएकाछन । अहिले जो जहाँ बसेको भए पनि प्रबिधिले जोड्न सकिने बताउदै काममा सङ्गकल्प र संघर्ष गरेर मात्र अगी वढ्न सकिने चौधरीले वताए । चौधरीले नेपालको राजनीति बिकास सङ्ग जोडिनु पर्ने र हरेक युवा राजनीतिमा जोडिदै बिकासको माध्यमबाट राज्यको मुहार फेर्नु पर्ने बताए ।
मेला समापनका अवसरमा पाल्पा क्षेत्र न १ (क) प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ, रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापा, संघका सल्लाहकार कमलराज भट्टराई , बिपि चिन्तन प्रटिष्ठानका अध्यक्ष सन्दिप राना लगाएतले आफ्नो भनाइ राखेका थिए ।
समापनका दिन पनि चर्चित कलाकार पुस्कल शर्मा , माधव भण्डारी लगाएतका कलाकारहरुकोे प्रस्तुतिले मेला अबेर सम्म चलेको थियो ।
गत माघ २७ देखि सुरु भएको महोत्सव ११ दिन सम्म भव्यताका साथ सम्पन्न भएको २ लाख दर्शक, ५ करोड बराबरको कारोबार भएको मेलामा ३०० स्टल , ३० वटा होटल व्याबसाय , केही घरेलु स्टलहरु रहेको मेलामा स्थानीय उत्पादनहरुको राम्रो व्यापार भएको आयोजकले जनाएको छ । मेलामा विभिन्न राष्ट्रिय ख्याती प्राप्त लोक दोहोरी ,आधुनिक गाएकहरुको बेझोड प्रस्तुति सङ्गै दोहोरी ,रामपुर डान्स आइडल , जिल्ला स्तरीय भलिबल प्रतियोगिताका साथमा उत्कृष्ट कृषक सम्म्मान भएका थिए।
तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाका अबसरमा आयोजित समापन समारोहको अबसरमा रामपुरको वर्णन र बिकास अनि सम्भावनाका बारेमा उद्योग वाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले जानकारी गराउदै मेलाले सफलता प्राप्त गरेको भनदै सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए । अध्यक्ष ढकालले उद्योग बाणिज्य संघको बहु आयामिक भवन निर्माण गर्ने र उद्योगको सम्भावना बारेमा समेत ध्यानाकर्षण गराउदै आगामी वर्षहरुमा पनि यस्ता मेलामहोत्सव गरिने र सवैको साथ र सहयोगको आवश्यक्ता पर्ने वताउदै मेला समापन भएको घोषणा गरेका थिए ।













