नेपाल आयल निगम लिमिटेडले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर रु. २०, डिजेल तथा मट्टितेलको रु. ३० र आन्तरिक हवाई इन्धनको रु. ४० ले घटाएको छ।
यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर रु. १०० ले घटाइएको छ।
नयाँ मूल्यअनुसार पेट्रोल रु. १९७, डिजेल तथा मट्टितेल रु. १९५, आन्तरिक हवाई इन्धन रु. २२९ प्रतिलिटर तथा एलपी ग्यास रु. २,०६० प्रति सिलिन्डर कायम भएको निगमले जनाएको छ।
मध्यपूर्वमा युद्धविरामको सहमतिपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेकाले सोहीअनुसार नेपालमा पनि इन्धनको मूल्य समायोजन गरिएको हो।













