काठमाडौं, असार २५ — काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार ती पुरुषले आफ्नै शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाएका थिए।
घटनालगत्तै उनको उद्धार गरी उपचारका लागि वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ।
घाइतेको परिचय खुल्न बाँकी रहेको छ। आत्मदाहको प्रयास गर्नुको कारणसमेत हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।
फाइल तस्वीर













