बुटवल, फागुन ७
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले तल्लो वर्गमा नागरिकले न्याय पाउने कानुन बनाउनको लागि सबैको आवश्यक सहयोग चाहिने बताएका छन् । खुद्रा किराना व्यवसायी सङ्घ रुपन्देहीको आइतबार बुटवलमा सम्पन्न १६ औँ वार्षिक साधारण सभामा बोल्दै घर्तीले पहुँच नभएका लागि न्याय पाउने गरी काम गर्नको लागि स्थानीय तह , प्रदेश सङ्घ सबैको ध्यान जानु पर्ने बताए । उनले आफू गरिब को लागि न्याय सहज रूपमा पाउने गरी कानुन निमार्णमा लाग्ने बताए । उनले जनताको भावना अनुसारको राष्ट्रिय नीति नबनेको पनि बताएका छन् ।
समग्रमा राष्ट्रिय नीति कमजोर भएकै कारण खुल्ला सीमाकाको समस्या भोग्नु परेको बताउँदै राष्ट्रिय नीति बनाउनको लागि सबैले सहयोग गर्नु पर्ने बताए ।
उनले नीति तथा कानुन बनाउन नागरिक स्तरबाट तिनै तहका सरकारलाई दबाब दिनुपर्नेमा जोड दिँदै कमजोर खालको नीति तथा कानुन भएकाले खुल्ला सीम नाले सबै क्षेत्रका साना ठूला व्यवसायी र आम नागरिकले ठुलो समस्या भोग्नु परेको बताए ।
उनले लुम्बिनी प्रदेशमा निम्न वर्गको हितमा कानुन बनाउने प्रतिबद्धता जनाउँदै विकास माग्न भन्दा देशलाई चाहिने खालको कानुन माग्न आग्रह गरेका छन् । उनले साना व्यवसायीलाई संरक्षण गर्ने गरी स्थानीय तहले ऐन बनाउनु पर्नेमा जोड दिए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले व्यवसाय सञ्चालन गर्दा घरधनी र व्यवसायीबिच भएको सम्झौताबारे यथार्थ कुरा बाहिर नआउँदा समस्या आएको बताए । उनले व्यवसायीका समस्या पहिचान गरी समाधान गरिने आश्वासन दिए ।
खुल्ला सीमा नाले साना व्यवसायी प्रत्यक्ष मारमा परेको खुद्रा किराना व्यवसायी सङ्घका सल्लाहकार कृष्णप्रसाद पाण्डेले बताए । उनले खुल्ला सीमा नाका कारण स्वदेशी उत्पादनले मूल्य नपाएको र अवैध व्यापार बढेको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता हकि कुल्ला खाँ, एमालेका खेम लुइँटेल, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजु लगायत, सङ्घका पूर्व अध्यक्ष कमला गौतम, टिकाराम गैरे, ज्ञानप्रसाद न्यौपाने, सङ्घ उपाध्यक्ष महेन्द्र पोखरेल , पत्रकार महासङ्घका उपाध्यक्ष विश्वास ढकाल लगायतले बोल्दै साना व्यावसायीहरु समस्या विषयमा सबै गम्भीर हुनु पर्ने बताए । खुल्ला सिमाना नियन्त्रण गरी बैङ्कको महङो व्याज र मनोमानी बढाइएको घर भाडा घटाउन सरकारसँग खुद्रा किराना व्यवसायीको माग छ । सङ्घका अध्यक्ष मोहनप्रसाद बस्याल र महासचिव गोपाल प्रधानको सञ्चालनमा कार्यक्रम भएको थियो ।













