गीता भट्टराई
स्याङ्जा ६ फागुन
स्याङ्जाको कालिगण्डकी गाउँपालिकाले संचालन गरेको पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन भएको छ । शुक्रबार देखि सञ्चालन भएको अन्तर विद्यालय खेलकुद तियोगिता शनिबार गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रोशन बहादुर गाहाको प्रमुख आतिथ्यतामा समापन भएको हो ।
कार्यक्रममा मन्त्री गाहाले खेल स्वास्थ्यका लागि महत्त्वपूर्ण हुनुका साथै समुदायलाई चिनाउने बलियो माध्यम हुन सक्ने बताउनु भयो । गाउँपालिकाको आयोजनामा सञ्चालन भएको कार्यक्रमलार्इ पालिकाले उत्सवको रुपमा आयोजना भएको बताएको छ । राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भए संगै सोमबार देखि पालिका स्तरिय अध्यक्ष कप प्रतियोगिता सुरु हुने समेत गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले जानकारि दिनु भयो । प्रतियोगिता अन्तरगत महिला पुरुष भलिबल ,दौड , हाइजम्प, लङजम्प ,छेलोफाल्ने लगायतका विभिन्न खेलहरु सञ्चालन गरिने पालिका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले जानकारि दिनु भयो ।













