पाल्पा, ६ फागुन ।
बगनासकाली ९ चापपानी दप्सेको नवनिर्मित शिवालय मन्दिर उद्घाटन गरिएको छ । शिवरात्रीको अवसर पारेर एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका उपसभामुख मेनुका खाँणले मन्दिरको उद्घाटन गर्नुभएको हो । सो अवसरमा उपसभामुख खाँणले आफू जन्मे हुर्केको ठाउँमा आफ्ना बुवा आमाले शुभारम्भ गर्नुभएको मन्दिरको उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले यस क्षेत्रको विकासमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले पालिकाभित्र रहेका धार्मिक साँस्कृतिक स्थलहरूको प्रचारप्रसारसंगै प्रवर्धन गर्दै लगिने बताउनुभयो । कार्यक्रममा वडा सदस्य यमलाल तिमिल्सिना, कृष्ण भुसाल, निवर्तमान वडा सदस्य कमल बिक्रम खाँण, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिना, पत्रकार भोजराज तिमिल्सिना, जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भुपति पाण्डे, स्थानीय टोल बिकास संस्थाका संयोजक ज्ञानराज तिमिल्सिना, गंगा खाँण, रेशम खाँण, वीर बहादुर मल्ल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा मन्दिर स्थापनामा नेतृत्व गर्ने ६ जनाका परिवारलाई मरणोपरान्त कदरपत्र प्रदान र अन्य सहयोगीहरूलाई सम्मान गरिएको थियो । शिवालय युवा क्लव तथा शिवालय आमा समूहको संयुक्त आयोजना भएको कार्यक्रममा आमा समुहका कोषाध्यक्ष शोभा खाँणले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । एकता युवा क्लवका अध्यक्ष भेषराज तिमिल्सिनाको संचालन र शिवालय आमा समूहकी अध्यक्ष समिता मल्लको अध्यक्षताका कार्यक्रम चलेको थियो ।













