पाल्पा- रिब्दिकोट गाउँपलिका वार्ड न ६ स्थित रिब्डिकोट बौद्ध बिहारको आयोजनामा नेपाल बौद्ध परियति शिक्षा प्रमाणपत्र तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। रिब्दिकोटकाे घोर्लिखरकमा भएको पुरस्कार वितरण कार्यक्रममा हुमबहादुर पचभैयाको अध्यक्षता,गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको प्रमुख आतिथ्यता र वडा अध्यक्ष एवं रिब्दिकोट गाउँपालिका प्रवक्ता प्रकाश रायमाझीकाे विशिष्ट आतिथ्यतामा लुम्बिनी प्रदेशका पुर्व संसद पुरनमान बज्राचार्यको विशिष्टआतिथ्यता,जलेश्वर मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष बेणिमाधव आचार्य अन्तर्राष्ट्रिय बुद्ध परियति प्रतिनिधि एवं पाल्पा तथा रुपन्देहीका विभिन्न बौद्ध बिहारका चैत्य,गुम्बाबाट आउनुभएका बौद्ध धर्मावलम्बीको आतिथ्यतामा समारोह सप्पन्न भएको हो।

प्रमाण-पत्र तथा पुरस्कार वितरण समारोहमा रिब्दिकोट गाउँपालिका प्रमुख नारायणबहादुर कार्कीले परियति शिक्षा संस्कार सहितको शिक्षा दिने साथै पाठ्यक्रम अधारित रहेकोले परियति शिक्षालाई स्थानीयतहका पाठ्यक्रममा समाबेश गर्नुपर्ने बताउँदै स्थानीयतहले पहलका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका अतिथि एवं जलेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बेणिमाधव आचार्यले नमुना योग्य कार्य मार्फत २१ जना विद्यार्थीहरूलाई बौद्ध शिक्षा दिएर रिब्डिकोट बौद्ध बिहारले उल्लेखनीय कार्य एवं योगदान गरेको कुरा उल्लेख गर्नुभयो। पुरस्कार वितरण कार्यक्रममा अन्तर्राष्ट्रिय बुद्ध परियति उदय बिहार डिङ्गनगर रुपन्देहीका वापा कमलबहादुर गलामी मगरले समारोहमा दिवङ्गत जतिल भन्ते ज्यु बर्माबाट नेपाल आई थेरावाद अन्तर्गत हिमायानलाई अगाल्दै भगवान गौतम बुद्धको उपदेशलाई अनुसरण गर्दै आएको बताउँनुभयो ।
अन्तर्राष्ट्रिय बौद्ध परियत्ति उदय विहारका भिक्षु विसारत भन्तेद्वारा बुद्ध पुजा , विविध पुजा धर्म देशना,परित्राण पाठ र भोजन गर्दाको श्वलोक वाचन गर्नु भएको थियो।
अन्तर्राष्ट्रिय बौद्ध उदय विहारका पूर्व महासचिव एवं सदम्म कोबिद यम बहादुर बाकाबलले धार्मिक कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
खेयरवाद,महायान र बज्रयान अन्तर्गत महायानलाई अगाल्दै भगवान गौतम बुद्धको उपदेशलाई अनुसरण गर्दै आएको बताउँनुभयो ।
समारोहमा बिसारत भन्ते ज्यु बाट बुद्ध पाठ ,परिदान पाठ साथै भोजन दान ग्रहण गर्नुभएको थियो। समारोहमा २१ जना विद्यार्थीहरुलाइ बौद्ध परियति शिक्षामा उतिर्ण प्रमाणपत्र, स्कुल पोसाक बितरण र आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको थियो। समारोहका अध्यक्ष हुम बहादुर पचभैयाले २०२० सालदेखि अखिल नेपाल भिक्षु महासंघ ले परियति शिक्षाकाे संचालन गर्दै आएको साथै परियति शिक्षामा हालसम्म ८० हजार विद्यार्थी सहभागी रहेको भन्दै स्थानीय तहको पाठ्यक्रममा परियति शिक्षालाई समावेश गर्न विशेष आग्रह गर्नुभयो।
समारोहमा पाल्पा लगायत रुपन्देहीका बौद्ध धर्म अनुयायीहरू,जनप्रतिनिधि ,स्थानीय पत्रकार लगायत १५० जनाको उपस्तिथि रहेको थियो। प्रमाणपत्र तथा पुरस्कार वितरण कार्यक्रमकाे स्वागत मन्तव्य मिना रानाले गर्नुभएको थियो। भने जुद्धबहादुर पचभैयाकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।













