राष्ट्रिय न्युज- लुम्बिनी वाङ्मय प्रतिष्ठानकाे आयोजनामा कृति लाेकार्पण तथा सिर्जनावाचन कार्यक्रम शनिवार पाल्पाको रामपुरस्थित रामतुल्सी माविमा सम्पन्न भएकाेछ । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल पाल्पाकाे मुखपत्र 'पाल्पा कुञ्ज' र मनाेजबाबु खड्काद्वारा लिखित 'रूपा' उपन्यासकाे लाेकार्पण सम्पन्न भएकाे हो।
साहित्यकार सराेज काफ्ले 'आमाविनाकाे घर', सबु आराेही 'गजल', सिर्जना ज्ञवाली, सिर्जना खनालले 'सुरमा' शीर्षकको छन्द कविता, गाेविन्द नेपाल 'मुक्तक', दुर्गा थापा मगरले देशभक्ति भावकाे 'म बाँचू नबाँचू सधैँ देश बाँचाेस्' शीर्षकको छन्द कविता, सेन्टी सुन्दर 'गजल', रूपक गैरे 'गजल', नारायण समर्पण 'गजल', डराएर भागेनन् स्वाभिमानी वीर हाम्रो, मित्रलाल गाैतम 'लेखाैँ सुनाैलाे कथा', डबल बि.सी. 'ढाक्रे', वसन्त थापा 'राष्ट्र', शान्ति खनाल 'कस्तो कविता ?' आयाम कार्की लाेरी भाकाकाे प्रस्तुति, हरि भट्टराई 'लाेकतन्त्रमा', राजकुमारी कुवर गुल्मेली सानू 'अक्षरकाे खेती', तिलक लामिछाने 'छाेरी बिदाइ गरी', सीताराम घिमिरे 'मुक्तक' आर बी निश्चल 'गुण र बचेरा', चण्डीका प्रसाद भट्टराई शुभकामना तथा सिर्जना वाचन 'ऐठन' शीर्षकको कविता, रमा भण्डारी 'गजल', लक्ष्मी तिवारी तिवारी आमा काे 'हाम्रा पाला छाेरीले त पढ्न हुन्न भन्थे' गीत लगायत साहित्य सिर्जना साहित्यकारहरुले वाचन गर्नुभएको हो।
केशवराज ज्ञवाली 'रामपुरकाे महिमा', अमृत काफ्ले 'अमृत बन्छ', छविलाल पाठक शुभकामना, कुन्तादेवी गैरे 'नेपालमा शान्ति ल्याउने', माधवी पाैडेल 'गजल', फर्सुराम पाण्डे 'गजल', पुरुषाेत्तम अर्याल 'सृष्टिकी पूर्ण हाै तिमी', नारायण चापागाईं 'मुक्तक', गंगा पाठक 'गजल', तारा सेढाई 'मानव', डाेलराज भण्डारी 'म कवि हाेइन', हुमा देवकोटा 'हाम्रो जीवन', लीलादेवी गाैतम 'जिन्दगीको परिभाषा' कार्यक्रमकाे प्रमुख अतिथि साहित्यकार राजेन्द्रकुमार आचार्य , अतिथि डा टंकप्रसाद पन्त, राजेन्द्रगाेपाल सिंह, डा. श्यामप्रसाद न्याैपाने, लुम्बिनी वाङ्मय प्रतिष्ठान अध्यक्ष ऋषि आजाद,बालकृष्ण लम्साल रचना वाचन गर्दै साहित्यकाे मर्मकाका वारेमा बाेल्नु भएकाे थियाे। लुम्बिनी वाङ्मय प्रतिष्ठान पाल्पा अध्यक्ष कृष्णकला भण्डारी काे अध्यक्षता उपाध्यक्ष गोबिन्द नेपालको स्वागत , सदस्य बासुदेव ढकालको धन्यबाद साथै सचिव तुल्सिराम पाेखरेलले संचालनमा कार्यक्रम सम्पन्न भएको हो।













