राष्ट्रिय न्युज- मेटा कम्पनीले अगस्टबाट नेपालमा फेसबुक कन्टेन्ट मोनेटाइजेसन सेवा थप गरेसँगै सामाजिक सञ्जालमार्फत आम्दानी गर्ने अवसरलाई Facebook Monetize सहकार्य’ नामक फेसबुक ग्रुपले प्रयोगकर्तालाई एक अर्कामा सहकार्य गर्न महत्त्वपूर्ण कार्य गर्दै आएको छ। समुहले नेपाली कन्टेन्ट क्रिएटरहरूका लागि डिजिटल प्लेटफर्मलाई सहि ढंगले प्रयोग गरि आयआर्जनको नयाँ माध्यमका रूपमा स्थापित गर्ने अपेक्षाका साथ follower को संख्या कम भएका प्रयोगकर्तालाई सहयोग पुग्ने र आपसी सदभाव कायम गरि सभ्य समाज निर्माण गर्न टेवा पुग्ने ग्रुपका संचालक दामोदर न्यौपाने र प्रदिप गौतमले राष्ट्रिय न्युजलाइ जानकारी दिनुभयो। हामि १४ जना छौ,दामोदर जि र मेरो परिकल्पनामा ग्रुप खोलेका हौ अहिले करिब १ लाख भन्दा बढि सामाजिक संजाल प्रयोगकर्ता जोडिनु भएको छ, उहाँहरु सङ्ग अनुभव साटासाट ,एक अर्कालाई मार्गनिर्देशन गर्ने समुहका रुपमा स्थापित भएका छौ सकारात्मक सोचका साथ अघि बढ्ने छौ गौतमले बताउनुभयो । मोनेटाइजेसन प्रणाली सुरु भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताबीच आपसी सहकार्यको अभ्याससमेत तीव्र बनेको छ ।
फेसबुकमा बनाइएका विभिन्न ग्रुपमार्फत प्रयोगकर्ताहरूले एक–आपसमा फलो , लाइक तथा कमेन्टमार्फत फेसबुकले तोकेका आवश्यक मापदण्ड पूरा गर्न सहयोग आदान–प्रदान गरिरहेका छन् । यस्ता ग्रुपहरूले नेपालमा डिजिटल कन्टेन्ट सिर्जना क्षेत्रलाई थप व्यावसायिक बनाउँदै आत्मनिर्भरता र रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुर्याउने विश्वास गरिएको ।













