साउन १८ पाल्पा
महिला संचारिका समुह पाल्पाको बैठक आज तानसेनमा सम्पन्न भएको छ । भेलाले सिता डोटेलको अध्यक्षतामा ११ सदस्य नया कार्य समितिको गठन गरेको छ ।
समितिको उपाध्यक्षमा गुणवति केसि, महासचिवमा रिमा सोमै, सचिवमा रुपा थापा, कोषाध्यक्षमा बबिता विस्ट सदस्यहरुमा सिर्जना थापा, प्रेरणा नेपाल, मिना कुमाल, पवित्रा पराजुलि, सिता गौतम, रमा भण्डारिलाई चयन गरिएको छ ।
त्यसै गरि गिता ज्ञवालि, मना गैरे र जमुना पाण्डे सहितको ३ जना सदस्य सल्लाहकार समितिको गठन गरिएको छ । भेलामा आगामि दिनमा गर्नु पर्ने कार्य योजना तयार गरि जिम्मेवारि समेत बाडभाड गरिएको छ ।













