सुमित्रा कंडेल,पाल्पा
पाल्पा कारागारमा रहेका बन्दी महिलाहरुलाइ कारागार भित्रै स्त्रीरोग तथा पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गएको छ ।
अहिले पछिल्लो समय महिलाहरुमा स्वास्थ्य समस्या धेरै देखिएको भन्दै पाल्पा कारागारका बन्दी महिलाहरुका लागि १ दिने निःशुल्क स्वास्थ्य शिविर गरेको हो। मख्खन टोल विकास सस्थाको आयोजना र तानसेन नगरपालिका स्वास्थ्य शाखाको सहकार्यमा स्त्री रोग विशेषज्ञ डा सहितको टोलिले १८जना महिला बन्दीको स्वास्थ्य जाँच गरेकोे मखनटोल विकास संस्थाका अध्यक्ष ज्ञानु कार्कीले बताउनुभयो।
शिविरमा युनाइटेड मिशन अस्पतालका स्त्री रोग विशेषज्ञ डा रचना भट्टले शिविरमा महिलाहरुको पाठेघर खस्ने समस्या,सुगर,प्रेशर, यौन रोग, पाठेघरको मुखको क्यान्सर जाँच एच पि भि तथा भि आइए परीक्षण तथा उपचार गरिएको बताउनुभयो। जसमध्ये १४ जनाको रिपोर्ट सामान्य आएको छ, भने ४ जना बन्दीको रिपोर्टमा सामान्य समस्या देखिएको स्वास्थ शाखा प्रमुख झबिन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
परिक्षणका क्रममा सामान्य समस्या देखिएका ४ जना महिलालाइ खाएपछि निको हुने भएकोले औषधि वितरण गरेको स्वास्थ्य शाखाका सि अ न मि भगवति केसिले जानकारी दिनुभयो।
विभिन्न काम गर्दा गलत काम गरेर कारागारसम्म पुगे पनि उहाहरुको बाच्न पाउने मानव अधिकार भएकोले नगरपालिका यस्ता कार्यक्रमलाई जोड दिएको कार्यक्रमका प्रमुख अथिति तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले बताउनुभयो ।गतवर्ष देखि नै माग गरेको एच पि भि भ्याक्सिन माग गरे नि नआएको बताउतै यो वर्ष आउन सक्ने आशा रहेको बताउनुभयो ।एक व्यक्तीले करिब ३÷३ वर्षमा भि आइए परिक्षण गर्नुपर्ने बताउनुभयो ।
शिविरमा जिल्ला प्रशासन कार्यालय पाल्पाका नि प्र जि अ भक्तिसरा रानाले कारागारका स्वास्थ्य शिविर संचालन गर्न कठिन हुने बताउदै व्यवस्थापन रआयोजना गर्ने संस्थाप्रति आभार व्यक्त गर्नुभयो।
शिबिरका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक संदिप बेलबासे,तानसेन ४ का वडाध्यक्ष हेमन्तराज शाक्यले बन्दी महिलाको स्वास्थ्य शिबिर राखेकोमा आयोजकप्रति आभार व्यक्त गर्दै बन्दी महिला आफु अनुकुल स्वास्थ्य परिक्षण गर्न अस्पतालसम्म पुग्न नसक्ने अवस्थालाई मध्यनजर बेलाबेला यस्ता कार्यक्रमलाइ निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
शिबिरमा कारागारका प्रशासक प्रमुख भगवान भक्त अर्यालले कारागारका महिलालाइ लक्षित गरी शिविरका साथ औषधि उपचारको व्यवस्था गरेकोमा नगरपालीकालाइ धन्यवाद दिनुभयो। कार्यक्रम मखनटोल विकास संस्थाका नि वर्तमान अध्यक्ष प्रमिला कार्कीको स्वागत,संस्थाका सचिव कल्पना भट्टराईको संचालनमा सम्पन्न भएको हो।













