
१८ साउन, काठमाडौं
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
सार्वजनिक नतिजा अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ तीन लाख ८५ हजार ६३२ सहभागी भएका थिए । तिमध्ये २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् ।
त्यसै गरि ग्रेड वृद्धि तर्फ २०७८ र २०७९ सालको परीक्षार्थीमध्ये २८.२६ प्रतिशत पास भएका छन् । ९२ हजार ५०९ सहभागीमध्ये २५ हजार ४३६ जना उत्तीर्ण भएका हुन् । २० जनाको परीक्षा रद्द भएको छ ।
२०७६ र २०७७ सालको ६२.५ प्रतिशत उत्तीर्ण भएका छन् । आठ हजार एक सय ४७ सहभागी परीक्षार्थीमध्ये एक हजार ९५३ जना उत्तीर्ण भएका हुन् ।
कुल चार लाख ७८ हजार ३८९ परीक्षार्थीमध्ये दुई लाख एकतिस हजार २३५ जना उत्तीर्ण भएका छन् ।

