पाल्पा १८ साउन
लोक साङ्गीतिक यात्रामा बिगत २०७४ साल देखी औपचारिक गायन सुरुवात गरेको, भिरकोट नगरपालिका स्याङ्जामा जन्मिएकी गायिका मन्जली बश्यालको छैठो गीति एल्बम तीज गीत झिलझिल सितारा डिजिटल बजारमा आएको छ।
करिब ८ बर्षको गायन यात्रामा उनको आवाजमा अन्य आधा दर्जन गीतहरु बजारमा आइसकेका छन् । उनको पहिलो गीति सङ्ग्रह बारुले कम्मर भांच मायाले हो ।
लाइभदोहोरीमा अब्बल मानिने मन्जली बस्यालको झिलझिल सितरा आफ्नै युटुबमामा हेर्न र सुन्न सकिन्छ । बारुले कम्मर भांच मायाले गितमा स्वर विशाल रायमाझी ,मन्जली बस्याल,सिमा नेपाली र रमेश सुनारको रहेको छ । गितमा विशाल रायमाझी लय शब्द तथा निर्देशन रहेको छ । भिडियोमा एलिना रायमाझी, बिशाल रायमाझी ,सरोज प्रजा,अस्मिता रणपाल,सन्ध्या क्षेत्री ,निरज थापाको नृत्य तथा अभिनय देख्न सकिन्छ । सुनिल परियारको एरेन्जमा रहेको अडियो को भिडियो छायाँकन भने प्रकाश खडकाले गरेका हुन् । गत बर्ष सार्बजनिक गरिएको उनको तल्लाघरे भाइ तीजगीतलार्इ समेत दर्शक अनि स्रोताहरुले अत्त्याधिक माया गरेका थिए ।













