१७ साउन,पाल्पा
रामपुर नगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा ८७ वटा विवादका उजुरी दर्ता भएको छ । रामपुर नगरपालिकाको न्यायीक समितिमा छलफलका लागि विभिन्न विवादका ८७ वटा उजुरी दर्ता भएका हुन् । नगरपालिका भित्र विभिन्न विषयमा परेका विवाद छलफल र समाधानका लागि उजुरी दर्ता भएको हो ।
रामपुर नगरपालिकामा आर्थिक वर्ष २०८०र०८१ मा ८७ वटा विवादका उजुरी दर्ता भएको हो । रामपुर नगरपालिकाको न्यायीक समितिमा छलफलका लागि ८७ वटा विवादका उजुरी दर्ता भएका छ। नगरपालिका भित्र विभिन्न विषयमा परेका विवाद छलफल र समाधानका लागि उजुरी दर्ता भएको हो । जग्गा विवाद, सम्बन्ध विच्छेद, महिला बालबालिका यौन तथा घरेलु हिंसा, पारिवारिक विवादका साथै व्यक्तिवादी, ज्याला नदिएको, कुलो,बाटो,साँध सिमा ,खानेपानी सम्बन्धि विवादका उजुरी न्यायीक समितिमा छलफलका लागि दर्ता भएका छन् । जसमा सबै भन्दा धेरै जग्गा विवादका उजुरी दर्ता भएको पाइएको छ । यो आर्थिक वर्षमा पचिस वटा जग्गा विवाद, व्यक्तिवादी उजुरी २३ वटा, सम्बन्ध विच्छेद सम्मको अवस्था पुगेका उजुरी १२ वटा, तथा कूलो बाटो ,साँध सिमाना,खानेपानीका ११ वटा उजुरी, पारिवारिक विवादका ७ वटा, महिला बालबालिका यौन तथा घरेलु हिंसाका ५ वटा , ज्याला नदिएको ४ वटा उजुरी दर्ता भएको न्यायीक समितिका संयोजक एवं रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले बताउनुभयो ।
दर्ता भएका उजुरी मध्ये ५५ वटा उजुरी नगरपालिका भित्र मेलमिलाप गरिएकोथियो भने,२ वटा उजुरी फिर्ता लिएको,३ वटा उजुरी जिल्ला अदालतबाट फैसला भई टुंगिएको गरी ६० वटा उजुरी टुंगिएको छ भने १७ वटा उजुरी प्रक्रियामा रहेको संयोजक थापाले बताउनु भएको छ । यस्तै ९ वटा उजुरी छलफल हुन बाँकी रहेको र सम्बन्ध विच्छेद सम्मको अवस्थाको एउटा उजुरी सम्पर्कमा नआएको उहाँले जानकारी दिनुभयो । न्यायीक समितिमा दर्ता भएका विवादका उजुरीलाई छलफलको माध्यमबाट दुवै पक्षलाई मेलमिलाप गरि पठाईएको उहाँले बताउनुभयो । नगर स्तरीय न्यायीक समिति र वडामा रहेका मेलमिलापकर्ता मार्फत विभिन्न विवादका दुवै पक्षलाई मेलमिलाप गराईएको छ । न्यायीक समिति संयोजक थापाले भन्नुभयो दूवै पक्ष सन्तुष्ट हुने किसिमले धेरै विवादको समाधन गरेका छौँ । छलफलको माध्यमबाट विवाद समाधानका लागि दुवै पक्ष सहमति भए पनि कार्यान्वयनमा समस्या रहेको थापाले बताउनुभयो । मेलमिलाप हुन्छ तर केही उजुरीको कार्यान्वयनमा समस्या छ यसको कारवाही प्रक्रिया थाह नहुँदा अन्यौलमा छौँ उहाँले भन्नुभयो ।
न्याय सम्पादन प्रति नगरबासीको विश्यवसनीयताका कारण पनि धेरै विवादहरु न्यायीक समितिमा छलफलका लागि आउने गरेको संयोजक थापाले बताउनु भएको छ । न्यायीक समितिमा दर्ता भएका उजुरी मध्ये १० वटा उजुरी वडा वडामा रहेका मेलमिलापकर्ता मार्फत मेलमिलाप गरिएको रामपुर नगरपालिकाले जनाएको छ । नगरपालिकामा भएका विभिन्न विवादलाई स्थानीयस्तरमै समाधान गर्नका लागि १० वटै वडामा मेलमिलाप केन्द्र रहेको छ । साथै विगतमा १९ जना मेलमिलापकर्ता रहेकोमा आर्थिक वर्ष २०८०/०८१ मा १८ जना मेलमिलापकर्ता थप गरी ३७ जना मेलमिलापकर्ता तोकिएको छ भने मेलमिलाप कर्ताहरुलाई मेलमिलाप सम्बन्धि ४८ घण्टे आधारभूत तालिम समेत प्रदान गरेको थियो ।
गाँउ तथा टोलमा भएका विवादलाई छलफलको माध्यमबाट मेलमिलाप गराउनका लागि वडामा भएका मेलमिलाप केन्द्रलाई व्यवस्थित र प्रभावकारी बनाउदै लगिने नगरपालिकाले जनाएको छ ।













