१० साउन, काठमाडौँ
नेपाली बजारमा सुनको मुल्य तोलामा २४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २४ सय र चाँदी तोलामा ५५ रुपैयाँले घटेको हो
बुधबार छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै बुधबार तेजाबी सुनको प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ थियो । विहिवार तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला एक हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार एक हजार ७ सय ५० रुपैयाँ पुगेको छ ।