१० साउन, काठमाडौँ
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष अभिनेता तथा निर्देशक भुवन केसी बिदा भएका छन्।
बिहीबार बोर्डको हलमा बिदाइ कार्यक्रम राखिएको थियो । दुई वर्षको कार्यकाल पुरा गर्दै उनी बिहीबार बोर्डबाट बिदा भएका हुन्।
उक्त कार्यक्रममा उनले आफ्नो कार्यकाल सुखद रहेको बताए।











