९ साउन काठमाडौं
त्रिभुवन विमान स्थल नजिकै सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । जसमा ज्यान गुमाउने मध्ये सबै सौर्यकै व्यवस्थापनका सदस्य र कर्मचारी रहेका छन् । विमानमा १९ जना यात्रु रहेको एयरलाइन्सका अध्यक्ष दिपक पोखे्ररले जानकारी दिएका छन् । विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु र १ जना घाइते भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उक्त विमानमा १७ पुरुष र एक महिला रहेका छन् । ज्यान गुमाउने १७ पुरुषमा एकजना बालक पनि रहेका छन् ।
विमानमा क्याप्टेन मनिष शाक्य थिए । दुर्घटनापछि उद्धार गरिएका पाइलट शाक्यको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको निधारसहितका भागमा गम्भीर चोट लागेको छ । अस्पतालले उनको अवस्था स्थिर रहेको जनाएको छ ।











