साउन ७ पाल्पा
सौरमासअनुसार पहिलो साउने सोमवारको व्रत आज देखि शुरु भएको छ ।
आज सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमवार परेको छ ।यो वर्षको साउनमा ४ ओटा सोमबार परेका छन्।।साउन महिना भगवान् शिवको महिना र सोमवार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ ।
यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । पाल्पाका शिव मन्दिरमा आज साउनको पहिलो सोमवारका दिनमा भक्तजनको भिड लागेको छ ।पाल्पाको सिद्धबाबा, बगनासकाली बराङ्दीमा रहेको महामृत्युन्जस्य शिवालय मन्दीर,प्रवासको शिवालय,दमकडाको कमलेश्वर शिवालय मन्दिर लगायतका मन्दिरमा विशेष कार्यक्रमको आयोजना गरेका छन्।











