पाल्पा
लगातार वर्षाका कारण बगनासकाली गाउँपालीका वडा नं. ६ को माईचोर दर्पुकमा बाटो अवरुद्घ हुदा आवतजावत नै ठप्प भएको छ।
यसका साथै बिरामी र दैनिक जिवनयापनका लागि प्रयोग गर्ने सडक अवरुद्ध भएपछि सास्ती भएको स्थानियको भनाइ छ।असार २१ गतेदेखी अवरुद्ध बाटो पटकपटक ताकेता गर्दा पनि पालिकाले बाटो खुलाउन चासो नदिएको स्थानिय मधु न्यौपानेले गुनासो गर्नुभयो।
बगनासकाली गाउँपालीकाको अध्यक्ष सरस्वती चिदिले वाटो बर्षाको कारण असार २१ गतेबाट अवरुद्घ भएको र खुलाउन निरन्तर प्रयास गरेपनि खुलाउन नसकिएको बताउनुभयो। उहाले पहिरो निकै ठुलो भएकोले जेसिबिले मात्रै बाटो खुलाउन सक्ने अवस्था नभएपछि स्काभेटर ल्याएर खुलाउने प्रयास भैरहेको वताउनु भयो । पालिकाका उपाध्यक्ष हरीप्रशाद पाठक, प्रवक्ता टिका बहादुर थापा ,इन्जीनियर,प्राबिधिक लगायतको संयुक्त टोलीले पहिरो ग्रस्त क्षेत्रको अवलोकन गरेको र जोखिम मोलेर पहिरो हटाउन मेसिनका ठेकेदार,चालक राजी नहुदा झन जटिलता थपिएको चिदिको भनाई छ। पालिकाका उपाध्यक्ष हरीप्रशाद पाठकले पहिरो झर्ने क्रम नरोकिएको हुदा पहिरो हटाउन थप समस्या भएको बताउनुभयो।
अहिलेसम्म पहिरो पन्छाउन पठाएका जेसिबिले पहिरो हटाउन नसक्ने भएर फर्किएपछि बाटो खुलाउन पालिकाले चासो नदिएजस्तो महसुस स्थानियले गरेका छन।











