श्रावण ६, चितवन
अघिल्लो शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा खसेर बेपत्ता भएका २ वटा बस र त्यसमा सवार यात्रुको खोजी कार्य जारि नै रहेको छ । खोजि कार्यमा चार गोताखोरसहित १२ जना भारतीय टोली समेत रहेका छन् । शनिबार चितवन आइपुगेको उक्त टोली आइतबार बिहान देखि खोजी कार्यमा जुटेका हुन्।
नेपाली टोलीले तीन सय मिटर सम्मका वस्तु संकेत गर्ने क्षमता भएको सोनार समेत प्रयोग गरेर खोज्दा पनि बस पत्ता लागेको थिएन् । तर भारतीय टोलीले ल्याएको सोनार क्यामराले ३० मिटर गहिराइ सम्मको वस्तु संकेत गर्न सक्ने वताइएको छ ।
भारतको ‘राष्ट्रिय आपदा मोचन बल’(एनडीआरएफ) का प्राविधिक सहितको टोली खोजीमा आएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । भारतीय टोली अनुभवी भएका कारण केही न केही नतिजा आउने अपेक्षा गरेकोस्थानियहरु बताउछन् ।
नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल सिंदुरे गैराको लेदोसहितको पहिरोमा बगेर गत असार २८ देखि दुईवटा बस र यात्रु हराइरहेका छन् । घटनाकै दिनदेखि खोजीमा नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोली प्रविधिसहित निरन्तर खटेको छ । हाल सम्म २४ जना यात्रुको मात्र सव भेटिएको छ भने अन्य यात्रु वेपत्ता नै छन् ।













