
पाल्पा, २३ आषाढ
विगत ३ दिन यतादेखीको अविरल वर्षाले पाल्पामा विद्युत सेवा अवरुद्ध भएको छ । पाल्पाको पश्चिम क्षेत्र वाहेकका अन्य क्षेत्रहरुमा गएराती देखीनै विद्युत सेवा अवरुद्ध भएको हो ।
पाल्पा तिनाउ गाउँपालिकाको बसन्तप्र देखी बुटवल तर्फ जाने जंगलमा विद्युतका पोलहरु ढलेपछी बुटवल हुदै पाल्पा आउने प्रशारण लाईन अवरुद्ध भएको हो ।
नेपाल विद्युत प्राधिकरण तानसेन वितरण केन्द्रका ईन्जिनियर दिलिप मरासिनीका अनुसार उक्त स्थानमा ४ वटा पोलहरु ढलेर विद्युत अवरुद्ध भएको छ । त्यस्तै पाल्पामा आउने वैकल्पिक प्रशारण लाईन पनि अवरुद्ध हुँदा जिल्लाका अधिकांश स्थानहरुमा विद्युत अवरुद्ध भएको छ । मरासिनीका अनुसार प्राधिकरणका कर्मचारीहरु मर्मतका लागि गएपनि पानी परिरहेको र अप्ठेरो स्थान भएकोले विद्युत नियमित हुन समय लाग्ने बताउनुभयो । जिल्लामा विद्युत सेवा अवरुद्ध हुँदा जनजिवन कष्टकर भएको छ ।
