
पाल्पा, २४ असार
२०८१को प्रथम स्वतन्त्र विद्यार्थी युनियन कप सम्पन्न भएको छ । स्ववियु कप उपाधि ब्यवस्थापन संकाय अन्तर्गत वि.वि.ए ले हात पारेको हो।
असार १६ गतेबाट सुरु भएको खेल असार २१ गते समापन भएको थियो । विविध १२ विधामा खेलहरू स्ववियु कपमा सञ्चालन भएको थियो । विधार्थीको स्वास्थ्यको साथै प्रतिभा प्रस्फुटनलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । सबै खेलहरूमा ३ सय बढि विधार्थीहरू सहभागी भएका थिए । विद्यार्थीहरूको हित संगै शैक्षिक उन्नतिको क्षेत्रमा थप सशक्त ढंगले अगाडी बढ्ने स्ववियु सभापति कृष्ण अर्यालले बताए ।
कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख टंक भट्टराई ले स्ववियु को प्रशंसा गर्दै आगामी दिनमा यस्तै रचनात्मक कार्यक्रम ल्याउन आग्रह गरेका थिए । त्यस्तै पुर्व सभापति हरिबोल भट्टराई, विद्यार्थी कल्याण प्रमुख पुष्कर आचार्य, लगायतले बोल्दै यस्ता खाले कार्यक्रमले विद्यार्थी बिच सदभाव कायम राख्न सहयोग पुग्ने बताएका थिए ।

