सुमित्रा कंडेल,पाल्पा
समुदाय प्रहरी साझेदारी डिजिटल साक्षरता कार्यक्रम बगनासकाली गाउपालिका वडा नम्बर २ पोखराथोक मा रहेको विष्णु माध्यमिक विधालयमा सम्पन्न भएको छ । बगनासकाली गाउपालिकाको अर्थिक सहयोग , जिल्ला प्रहरी कार्यालय पाल्पाको सहजिकरणमा मा बगनासकाली भित्रका १० वटा विधालयमा साइबर अपराध सम्बन्धि छलफल तथा सहजिकरण गरिएको हो ।
सहजिकरणमा बगनासकाली गाउपालिका अध्यक्ष सरस्वती चिदीले दिनप्रतिदिन गाउ टोल बस्तीमा साइबर अपराधका घटनाहरू घड्दै जाने र इन्टरनेटको अनावश्यक प्रयोगले साना साना भाईबैनिहरू स्कुल जाने उमेर समुहका विधार्थीहरू फस्दै गएका घटनाहरू आउन थाले पछि पालिकाले समयमै ख्याल राख्दै यस्ता घटना नघटुन भन्नका लागि विधालय स्त्तरमा कार्यक्रम संचालन गर्ने उदेश्य का साथ जिल्ला प्रहरी कार्यालय पाल्पा संग समन्वय गरि आर्थिक, सहयोग गर्दै कार्यक्रम संचालन गरेको बताउनु भयो ।
आर्थिक बर्ष २०८०÷८१ को बजेटा विनियोजित गरि संचालन गरिएको कार्यक्रम पालिकाका १० वटा माध्यमिक विधालयमा संचालन गरिएको र ग्राम्य माध्यमिक विधालयबाट शूरू गरिएको कार्यक्रम विष्णु माध्यमिक विधालयमा आउदा यस बर्षका लागि सकिएको र धेरै भन्दा धेरै विधार्थीहरूलाई समेटि कार्यक्रम प्रभावकारी बनाउने, समाजमा इन्टरनेटले निम्त्याउन सक्ने कुनै पनि घटना बाट टाढा राख्न तालिमले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयोे ।
प्रहरी सायक निरक्षक मोहन खड्काले छलफलका विषयहरू पस्कदै ,सुरक्षा र ईन्टरनेट को प्रयोग , साईबर अपराध के हो , सुरक्षाका उपायहरू ,लागु औषधको परिचय ,दुव्र्यसनका असरहरू ,बच्ने उपाएका बारेमा सहजिकरण गर्नु भएको थियो । नेपालमा साईबर अपराधका केशहरू दिन प्रतिदिन बड्दै गएको छ । हिज आज गाउ ठाउमा आर्थिक अपराध पनि बड्दै गएकोले बैकिङ कारोवार वितिय कारोवार गर्दा ख्याल राख्नु पर्ने विषयमा समेत सहजिकरण गर्नुभएको थियो । विधुतीय उपकरणहरू कम्प्युटर , मोबाइल लगाएत अन्य विधुतिय उपकरण र संजालको दुरुपयोग गरी गरिने कुनै पनि गैह्र कानुनी कार्यहरूलाई साईबर अपराध मानिन्छ ।
हेपाई , यौन आसयले गरिने सन्देश आदान प्रदान ,यौन मनसायले गरिने दवाव , छलकपट , अनलाईन खेल मानव बेचविखत , ओसारपसार तथा बालविवाह जस्ता घटनाहरूका बारमो सहजिकरण गर्नु भयो ।समाजमा कतिपय मान्छे इन्टरनेटको गलत प्रयोगले साईभरक्राइमको भिक्टर बन्नु परेका कयौ उदाहरणहरूका बारेमा समेत जानकारी गराइएको थियो ।
बगनासकालीको आर्थिक सहयोगमा पालिका भरिका माध्यमिक विधालयका विधार्थी भाईबैनिहरलाई तालिममा सहभागी गराई इन्टरनेटको प्रयोगका बारेमा सहजिकरण गर्न पाएकोमा प्रहरी सायक निरक्षक मोहन खड्काले खुशी समेत व्यक्त गर्दै पालिकालाई धन्यवाद दिनु भयो ।













