पाल्पा २७,जेष्ठ
पाल्पा – नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) जिल्ला सचिवालय पाल्पाको बैठक तानसेनमा सम्पन्न भएको छ । बैठक पार्टीका केन्द्रिय सचीव हरि पराजुली प्रमुख आथित्यतामा बसेको बैठक हो । बैठकमा १०औं राष्टिय महाधिवेशन, मस्यौदा दस्तावेजमा छलफल भएको हो ।
बैठकमा राजनीति प्रतिबेदन,संगठनात्मक प्रस्ताव र नेपाली विशेषताको समाजबादी कार्यक्रममा समेत छलफल भएको थियो ।साथै पार्टीको संगठन विस्तार र सुदृणीकरण अभियान प्रभावकारी रुपमा संचालन भैरहेको समेत जनाएको छ ।
बैठकमा एकिकृत समाजवादीका प्रदेश अध्यक्ष सोम प्रसाद पाण्डेय, केन्द्रीय सदस्यहरु यादव बहादुर रायमाझी, रमा घर्ती, राजेन्द्र लक्ष्मी गैरे ,लेखनाथ पोख्रेल लगाएतले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम जिल्ला अध्यक्ष अशोक कुमार शाहीको अध्यक्षता र पार्टी उपाध्यक्ष मोहन गैरेलेको संचालनमा सम्पन्न भएको प्रचार प्रसार संयोजक पदम गैरेले जानकारी दिनुभयो ।