पाल्पा जेठ २४,
विद्यालय स्तरमा हुने लैङ्गकि हिंसा निवारणका सम्बन्धमा शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी विच अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय महिला आयोगको आयोजनामा विहिवार पाल्पा उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । प्रतिनिधिमूलक रुपमा यो कार्यक्रम पाल्पामा गरिएको राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला कुमारी पराजुलीले जानकारी दिनु भयो । समाजमा ८० प्रतिशत हिंसाका घटनाहरु लुकाइने गरेको र ७० प्रतिशत घटनाहरु आफन्तजन,परिवार,चिनजानका मानिसहरुवाट नै हुने गरेको पनि अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।
विशेष गरि विद्यालय स्तरमा बालबालीकाको संलग्नता वढिहुने हुदाँ विद्यालयका शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारहरु विच अभिमुखीकरण राख्दा लैङ्गकि हिंसा निवारणमा प्रभाभकारी भुमीका खेल्न सकिने हुदा कार्यक्रम आयोजना गरिएको पराजलुले वताउनु भयो ।
घरदैलो देखि पानी पधेरो हुदै विद्यालय सम्ममा महिला हिंसा हुने गरेको प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका उप प्रमुख काशीका गैरेले वताउनु भयो । पिडितहरुको सुरक्षा तथा बासकोलागी जिल्लाले सेफ हाउस समेत संचालनमा ल्याएको गैरेले वताउनु भयो ।
कार्यक्रममा जिल्ला न्यायधिवक्ता डा. सुर्य प्र.पौडेलले लैङ्गकि हिंसा संम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । जिल्लामा आउने उजुरी मध्ये २६ प्रतिशत महिला हिंसा विरुदको हुने गरेको पनि डा.पौडेलले जानकारी दिनु भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आनन्द कार्की र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले आएका यजुरीहरुलाई प्रकृति हेरेर जिल्ला अदालत पठाइने गरेको वताउदै कुनै पनि हिंसा सम्बन्धीका घटना प्रति आफुहरुले कुइक रेस्पोन्स गर्ने प्रतिबद्धता गर्नु भयो ।
कार्यक्रममा विभिन्न विद्यालयवाट प्रतिनिधित्व गर्ने प्र.अ, शिक्षक, विद्यार्थीहरु तथा संघसस्थाका प्रतिनिधिले प्रतिक्रिया तथा सुधmाव राख्नु भएको थियो । कार्यक्रम आयोगकी वकील उषा गजमेरको संचालनमा सम्पन्न भएको थियो ।













