पाल्पा-पाल्पाको तानसेन नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
नगरपालिका भित्रका खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख कासिका गैरेले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो ।
कार्यक्रममा जिल्ला खाेप समन्वय समिति पाल्पाका उपसंयाेजक समेत रहनु भएकी गैरेले खोप लगाउने उमेर समूहका कुनैपनि बालबालिका खोपबाट बञ्चित हुन नहुने बताउनुभयो । खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउन नगरपालिका आगामी बर्ष पनि कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय खोप तालिका अनुसार नगरका १४ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित नगरपालिका घोषणा गरिएको हो ,”उहाले बताउनुभयो । पुर्ण खाेप सुनिश्चितता नगरपालिका बनाउन नगरका स्वास्थ्यकर्मी,स्वयंसेविका,कर्मचारीहरूकाे उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्ने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर राजेन्द्र गिरीले याे बर्ष नगर भित्रका १ हजार ७ सय ९९ जना बच्चालाई खाेप लगाइएको बताउनुभयो । राष्ट्रिय खोप तालिका अनुसार नगरका १४ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित नगरपालिका घोषणा गरिएको बताउनुभयो । नगरपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाएनपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा बैशाख खोप दिने व्यवस्था गरेको छ । प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले नगरपालिकाका बालबालिकाले खोप लगाएको सुनिश्चित गरेकाले नगरपालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको बताए ।
कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता यादब सिङ कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गा बहादुर थापा,वडा न १ का वडाध्यक्ष सुनिल कुमार बस्याल,वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठ,वडा न ३ का वडा अध्यक्ष बाबू रत्न शाक्य,वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्य,वडा न ६ का वडा अध्यक्ष सागर मान महर्जन,वडा न ७ का वडा अध्यक्ष प्रदिप खनाल,वडा न ८ का वडा अध्यक्ष साेम नाथ अर्याल,वडा न १० का वडा अध्यक्ष हिमलाल पंगेनी,वडा न १२ का वडा अध्यक्ष मेजर सिङ के सी र वडा न १४ का वडा अध्यक्ष शाेभाकर भट्टराई,कार्यपालिका सदस्यहरू, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य स्वंयमसेविकाहरूकाे उपस्थिति रहेको थियाे ।