पाल्पा २३, जेष्ठ
विश्व वातावरण दिवसको अवसर पारेर पाल्पा जेसीसले वृक्षा रोपण गरेर मनाएको छ । बुधवार पाल्पा जेसिसले तानसेनको वतासेडाडाँको खुल्लाक्षेत्रमा जकारता र गुलमोहरका ९० वटा विरुवा रोपेको हो ।
लुम्बिनी प्रदेसका माननीय वीर बहादुर राना रानाले वृक्षरोपणको उद्घाटन गर्दे वृक्षा रोपणले वातावरण स्वच्छ सुन्दर वनाउने मात्र नभई यसले तानसेनको वतासे डाडाँमा पर्यटक आर्कषण पनि गर्ने वताउनु भयो । रानाले वृक्षा रोपण गर्नु भन्दा यसलाई मलजलगरेर हुर्काउनु गारो हुने वताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि पाल्पा डिभिजन वन अधिकृत नारायण देव भट्टराईले जिल्लालाई हराभरा वनाउन आबश्यक सहयोग हरेक समय गरिरहने वताउनु भयो । वनले आश्यकता अनुसार हरेक किसिममा विरुवाहरु उपलब्ध गराउने समेत भट्टराईले प्रतिवद्धता जनाउनु भयो ।
तानसेन नगरपालिकाको सहयोग तथा डिभिजन वन कार्यालय पाल्पाको विरुवा तथा प्राविधिक सहयोगमा वृक्षा रोपण गरिएको पाल्पा जेसीस २०२४का अध्यक्ष अर्जुन कार्कीले जानकारी दिनु भयो । कार्यक्रममा विभिन्न संघ सस्थाका प्रमुख, पाल्पा जेसीसका पूर्व अध्यक्षहरु, पाल्पा जेसीसका पदाधिकारीहरु,तानसेन नगरपालिकाका वडा अध्यक्षहरु,टोल विकास समिती,वडावासीहरुको उपस्थिती रहेको कार्यक्रम संयोजक प्रकाश कार्कीले वताउनु भयो । वृक्षा रोपणको औपचारीक कार्यक्रमको अध्यक्षता जेसीस २०२४का अध्यक्ष अर्जुन कार्कीले गरेका थिए भने संचालन महा सचिव जेसी विजय कार्की तथा स्वागत जेसी कार्यक्रम संयोजक प्रकाश कार्कीले गरेका हुन ।
जिल्लामा पाल्पा जेसीसले विभिन्न सामाजिक तथा युवामुखी कार्यक्रहरु गर्दे आएको छ ।














