बैशाख,२
संगिता आचार्य
पाल्पा — नयाँ वर्षको आगमन सगै पाल्पाका पर्यटकीय तथा धार्मिक स्थलहरुमा भीड लागेको छ । जिल्लाका पर्यटकीय स्थल श्रीनगर, तेल्घा, रम्भादेवी, बंशगोपाल पार्क, तालपोखरा, राम्दीधाम, रिडी, कौडेलेक, रानीमहल र श्रीनगरडाँडामा नयाँ वर्षको दिन आन्तरीक तथा वाह्य पर्यटकको भीड लागेको हो । श्रीनगरडाँडामा नयाँ वर्ष मनाउन आएका आन्तरिक पर्यटकले भरिभराउ रहेको थियो। एकै ठाउमा कोही पन्चेबाजामा कम्मर मर्काएर नाच्दै थिए,कोही झाम्रे गीतमा,कोही बैशाखको उखरमाउलो गर्मी छल्न बुटवलवाट श्रीनगर डाँडा आई शितल हावाको अनुभव लिदै घुम्न व्यस्त देखिनथे भने रिडि,राम्दी तथा रानीमहलमा नदी स्नान संगै घुम्नेको घुइचो थियो।
नयाँ बर्ष नयाँ उमंगको जोस जागर सहित प्रेम जोडीहरू रानीमहलका साथै श्रीनगरडाँडामा घुम्न पुगेका थिए । नयाँ वर्ष मनाउन विभिन्न कार्यक्रम गर्ने, पिकनिक खाने र घुम्न आउनेहरुले श्रीनगरको रौनक बेग्लै बनाएको देखिन्थ्यो। तानसेनको वडा नं. १ ले भुसलडाँडा हुदै श्रीनगरजाने सिंढीलाई सिंगारि पर्यटकलाई स्वागत गरेको छ । साथै रिब्दीकोट गाउँपालिका–४, भैरबस्थान मन्दिरमा समेत नयाँ वर्षको पहिलो दिन बिहानै देखि भीड लागेको थियो । पाल्पाको ऐतिहासिक एवं धार्मिक स्थल भैरवस्थान मन्दिरमा नयाँ वर्षको पहिलो दिन शनिवार परेका कारण पनि सर्वसाधारणको घुँइचो वढि लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बहादुर पोखरेलले जानकारी दिनुभयो।