आजबाट विक्रम संवत् २०८१ सालको नयाँ वर्ष सुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।
हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्यांकन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्दछन् ।
नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न र सामूहिक रूपमा पिकनिक खाँने चलन समेत पछिल्लो समय बढ्दै गएको छ । वर्षको सुरुका दिनमा रमाइलो गर्दा वर्षभर खुसी मिल्ने विश्वासमा नयाँ वर्षलाई विशेष महत्त्व दिने गरिएको पाइन्छ ।
पाल्पाको श्रीनगर,रानिघाट,कौडेलेक,गुफाचौर,रिमिघालेक,ढोलिमारा,तालपोखरा लगायतका पर्यटकीय स्थलमा आन्तरिक पर्यटक तथा पिकनिक मनाउनेहरूको भीड लाग्ने गर्छ ।