अहिले चैत महिना यतिबेलाको समय गाउघरका खेतियोग्य बारिमा ह ह तारे र ह ह मालेको आवाज कमै सुनिन्छ।अझ भन्नुपर्दा लेखका बस्तिमा चैते मकै छर्ने बेला हो यो महिना। युवाहरू रोजगारिका लागि बिदेसिएसंगै र गाउँका किसानले गरुँ पाल्न छोडे संगै हलो कहिकतै देख्न पाइन्छ।
पहिले पहिले गाइ गरुँ हुदा हलो बिक्थ्यो र गाउलेले चैत र बैशाख महिना नलाग्दै हलो बनाउन र हलोको माग पुरा गर्न आफुलाइ हम्मेहम्मे पर्थ्यो। अहिले हलोको माग कम मात्रामा हुने बताउनुहुन्छ रिब्दिकोट ६ उज्वल डाडाका हुम बहादुर पाँडे मगर ।पाँडेले आफुले १५०० मा हलो बेच्ने गरेको साथै चिलाउने ,राजु ,साझन, लगायतका रुखका काठबाट हलो र साल, चिलाउने, साझ ,लगायतका रुखका काठ प्रयोग गरि हरिस र जुवा बनाउने साथै हलो, हरिस र जुवा बनाउन कम्तिमा पनि ७ दिन लाग्ने बताउनुहुन्छ। बारिमा ट्याक्टर जान्छ तर आफुले हलोले नै जोत जोखन गर्ने बताउनुहुन्छ रिब्दिकोट ६ देउरालीका , पुर्ण बहादुर बगाले। नंया पुस्ता रोजगारीका लागि देस तथा बिदेसमा जान थालेपछि गाउँ क्रमशः रितिदै छ।गाउघरको यात्रा गर्नेहो भने केहि गाउँको त बस्ति खालि नै छ्न दिनहु बिदेसिनेको संख्या पनि बढदो छ ।बिदेस जानेको संख्या हेर्दा १० बर्षमा गाउ गाउ नरहन सक्छ।आगामि दिनहरुमा स्थानिय तहलाई निकै चुनौतीपूर्ण रहन सक्छ। पहिले पहिले सन्तान धेरै हुने र बिधालय जादैनथे अहिले सन्तान कम तेसैमाथि बजारमा बसाइँसराइ गर्ने संख्या बढेसङै गाउँमा हलो जुवा मेलापात गर्ने मान्छे नहुदा पनि समस्या थपिदै गएको छ।
नंया आधुनिकता संगै पनि हलो लोप हुने अवस्थामा रहेको छ। पहिले हलोले जोत जोखन गर्दा उब्जनि हुन्थ्यो खेतबारीमा मलको कमि हुदैन्थ्यो अहिले ट्याक्टर लगाउदा १ घण्टाको रु २८०० तिर्नुपर्ने बताउनुहुन्छ रिब्दिकोट छ पोरकनिका कमलराज पौडेल सर्मा । गरु पाल्ने किसानलाई प्रोत्साहन गर्न रिब्दिकोट गाउपालिका वार्ड न १ ले किसानले गरुँ पाल्दै आएको छ भने रु .२५०० र नंया गरुँ पाल्न चाहाने किसानलाइ रु ५००० दरले आर्थिक सहयोग गर्दै आएको छ। ग्रामीण भेगमा ग्रामिण सडक बिस्तार र प्रदेस साथै स्थानिय सरकारले कृषि कार्यक्रम अन्तर्गत हाते ट्याक्टर बितरण संगै हलोको प्रयोगमा कमि आएको हो।













