पाल्पा चैत २६, माया राना जल्पा
समाज परिबर्तनकालागी लक्षित बर्गको बजेट बौद्दिक बिकासमा लगानी , पूर्वखोला २ जल्पामा लक्षित बर्ग अन्र्तगत आदिबासी जनजातीहरुको लागी बिनियोजन गरीएको ८० हजार बजेटबाट शिक्षक सेवा आयोग तयारी कक्षा सम्पन्न गरेको छ । यही चैत्र १५ गते देखि २६ गते सम्म सन्चालन गरीएको तयारी कक्षामा जनजाती र दलित समुहका ३० जना प्रशिक्षार्थीहरु सहभागी थिए। १२ दिनको कक्षामा शिक्षक सेवा आयोग तयारीकोलागी आबश्यक आधारभुत ज्ञान , अध्यन गर्ने शुत्र, गीत , लय, भाकाको बिधि प्रयोग गरेर पढ्ने तरिका सिकेका हुन्।
समापन समारोहको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी जल्पा २ का वडा अध्यक्ष निर बाहादुर सारुले पढाइको महत्व, आफ्नै देशमा गरीने सेवाको महत्व, बैदेशिक रोजगारको चुनौतीको बारेमा जानकारी दिदै, प्रतिस्प्रधाको जमानामा लक्ष्यका साथ पढ्ने , अनलाइन माध्यमको प्रयोग गरेर नयां नयां जानकारी लिन सकिने बताउनु भयो।
त्यस्तै गरी पूर्वखोला गाउँकार्यपालिका सद्स्य भिमि सरा आलेले लक्षित बर्गकोलागी स्थानिय सरकारले छुट्याएको बजेट सहि सदुप्रयोग गरेकोमा खुशि ब्यक्त गर्दै कुनै ठाउंमा भोज, भ्रमण, भौतिक तर्फ दुरुपयोग भैरहेको समेत बताउनु भयो। तालिमका प्रशिक्षक तुल बाहादुर पेमीले सहभागीलाई केन्द्रीत गर्दै कक्षामा सहजकर्ताले झिल्का मात्र दिने हों डढेलोमा परीणत हुन त आफु नै लाग्न पर्छ भन्नु भयो। त्यस्तै गरी शम्भु मा.बि.का शिक्षिका टोलसरी राईले आफ्नो अनुभब सुनाउदै सहभागीहरुलाई अध्यनकोलागी प्रोत्साहन र हौसला दिनु भयो । सहभागी दिलमाया जर्घा र अनुशा नेपालीले १२ दिनको कक्षामा प्रत्येक दिन नयाँ सिकाई र आफुहरुले सिकेका बिधि प्रयोग गर्दै अध्यन गर्ने प्रतिबद्द्ता गरेका हुन्।
समाज बिकास र परीबर्तनको लागी प्रत्येक बर्ष आदिबासी जनजातीकोलागी आउने बजेट्बाट कहिले लोप उन्मुख संस्कार, संस्कृती बचाउनको लागी त कहिले शैक्षिक र बौद्दिक बिकासमा कार्ययोजना बनाएर काम गरी रहेको आयोजक संस्थाका अध्क्ष भिम बाहादुर सारुले जानकारीरी दिनु भयो । बिगत बर्षहरुमा यस्तै कक्षा सञ्चालन गरेर शिक्षक र लोक सेवा आयोगबाट सफल भएका ब्यक्तित्वहरुले महत्वपुर्ण पदमा रही सेवा गरी रहेको समेत सुनाउनु भयो।
पुर्वखोला गाउपालिकाको आर्थिक सहयोग , आयोजक संस्थाको ब्यबस्थापन र जल्पा २ वडा कार्यलयको समन्वयमा कार्यक्रम चलेको थियो । आदीबासी जनजाती जल्पा गाउं सम्न्वय परिषदका लिला रानाको सन्चालन र अध्यक्ष भिम सारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।













