पाल्पा चैत २६,
पाल्पाको तानसेन नगरपालिका–८ का शुक्र बौडेलले खोले सागको खेती गरेर राम्रो आम्दानी गर्नुभएको छ्।
विगत छ वर्षदेखि व्यावसायिक रूपमा खोले सागखेती गर्दै आउनुभएका बौडेलले वार्षिक २ लाख भन्दा बढी आम्दानी गर्दै आउनुभएको छ्।३ रोपनी क्षेत्रफलमा लगाइएको सागले मङ्सिरदेखि चैतसम्म राम्रो आम्दानी दिने बौडेल बताउँनुहुन्छ्।
केही वर्षअघिसम्म अन्नबाली लगाउने गरेकामा विगत छ वर्षदेखी बादर आतंकले गर्दा वैकल्पीक खेति सुरु गरेका बौडेल यतिबेला भने सागले राम्रो आम्दानी दिएपछी खुशी हुनुभएको छ।‘ यो साग लगाएपछि फाइदा भएको छ,यसमा सामान्य जैविक मल प्रयोग गर्छौँ अरू केही गर्नु पर्दैन,’ उहाले भन्नुभयोे, ‘अन्य बालीले भन्दा यो सागखेतीले जीविकोपार्जनमा राहत पुयाएको छ।’
मङ्सिरमा लगाएको साग चैतसम्म उत्पादन हुने गर्दछ। खोलामा खेर गइरहेको सागलाई पहिलोपटक छ वर्षअघि बिक्रीका लागि बजार लैजाँदा ग्राहकले मन पराएपछि यसैलाई व्यावसायिक खेती गरेको उहाले भनाई छ।
‘यो सागलाई उपभोक्ताले अत्यधिकरूपमा मन पराएर दैनिकरूपमा माग बढ्दै गएको छ,’ उहाले भने, ‘खोले सागको माग फागुन–चैतमा अझै धेरे हुने गर्दछ।’
गर्मी मौसममा अन्य साग उत्पादन कमै हुने भएकाले पनि यो सागको माग अझ बढ्ने गरेको छ। एकपटक काटिसकेपछि पनि निरन्तर उम्रिने भएकाले लगानी र मेहनत कम पर्ने भएकाले किसानले यसबाट राम्रो फाइदा लिन थालेका हुन्।पूर्णरूपमा अर्ग्यानिक हुने र जुनसुकै प्रकारका बिरामीले पनि खान मिल्ने भएकाले बजारमा यसको माग बढ्दो रहेको तानसेन ८ कै गंगा बहादुर नेपालीले बताउँनुभयो्। उहाले यो वर्ष १ लाख ५० हजार रुपैयाको साग बिक्री गरीसक्नुभएको छ।
‘यसमा कुनै रासायनिक मल प्रयोग हुँदैन । मल विषादि प्रयोग नगरिने हुँदा यो पूर्णरूपमा अग्र्यानिक हुन्छ। यो साग सङ्लो पानी बग्ने स्थानमा हुन्छ,’ उहाले भन्नुभयोे।
खेत, खोला र सिमसार क्षेत्रमा पाइने साग अहिले ग्राहकले पनि अत्यधिक रुचाउन थालेका छन्। छिपछिपे पानी बग्ने खोलामा यो साग मौलाउने भएकाले यसलार्ई खोलेसाग भन्ने गरिएको अर्का किसान सोम बहादुर नेपालीले बताउनुभयो्।उहाले १ लाख रुपैया बढीको साग बिक्री गरेको बताउनुभयो।
यही साग बिक्री वितरणले हामीजस्तै धेरैको रोजीरोटी चलाएको छ,’ उहाले भन्नुभयो।
पछिल्लो समय पाल्पाको तानसेन ८ का विभिन्न स्थानमा खोले सागको राम्रो उत्पादन हुने गरेको छ। किसानले उत्पादन गरेको साग तानसेन, बुटवल, लगायतका बजारमा खपत हुने गरेको छ्।













